शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का अध्यक्ष बहादुर सिह महराले एमसीसी पारित हुने भएपछि जनप्रतिनिधि र पार्टी दुबैलाई त्याग्ने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रका युवा नेता महराले फेसबुकबाट जनतासित माफी मागेर वडा अध्यक्ष छाड्ने घोषणा गरेका हुन् ।
अध्यक्ष महराले सोमबार विहान १० बजे वडा वासिन्दासित माफी मागेर अध्यक्ष छाड्ने घोषणा गरेका छन् । उनले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रप्रति तीव्र असन्तुष्टि जनाउँदै देश बेच्ने भनेर गम्भीर आरोप समेत लगाएका छन् ।
‘देश बेच्नेहरुको वडा अध्यक्ष पदबाट भोलि विहान १० बजे जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु’ उनले भनेका छन् ।
वडा अध्यक्ष महराले माओवादी केन्द्रले बहाना बनाएर एमसीसी सम्झौता पारित गर्न खोजेकोमा आक्रोश पोखेका छन् । उनी माओवादी केन्द्रका सशस्त्र जनयुद्धकालिन कार्यकर्ता हुन् । एमसीसी पारित गर्न माओवादी केन्द्रले सहयोग गरेपछि उनले पार्टी सदस्यता समेत त्यागेको घोषणा गरेका छन् ।
प्रचण्डसँग असन्तुष्ट नारायणकाजी र विप्लवबीच भेटवार्ता
एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एकजुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।
यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रेष्ठलाई भेट्न उनको निवास पुगेका थिए । भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए ।
तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाओ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।


