अभिनेत्री पूजा शर्माले पीडित नाबालिगले नै म सानी छु भनेर नसकेको भन्दै गुनासो पोखेकी छिन् । अहिलेसम्म आफूले ब’लात्कारै नबुझेको र बल्ल बुझ्दै गएको भन्दै उनले भनिन्’ पलले आएर कपडा च्यातिदिने, जवर्जस्ती गर्ने जस्तो मलाई लाग्दैन। उ त्यस्तो क्यारेक्टरवाला केटा नै हैन।’
एक पत्रकारले उनलालाई दाह्रे भनेको भन्दै कलाकार संघदेखि टेलिभिजन स्टेसनसम्म घेरेकी थिइन्। तर आफु निकट पलमाथि नाबालिगको ब’लात्कार गरेको आरोपमा प्रहरी हिरासतमा पुग्दा पनि उनी अझैँ पलकै पक्षमा वकालत गरिरहेकी छिन्।
पल र पूजाको अभिनय रहेको फिल्म अहिले हलमा चलिरहेको छ। उनी फिल्मको प्रचार गर्न हलहरूमा गएर दर्शकहरूलाई ‘पल जिन्दाबाद’ को नारा लगाउन लगाउने, पलको तस्बिर प्रिन्ट गरेको टिसर्ट लगाउँदै ‘पल मेरो मुटुमा छ’ भन्दै पक्षमा वकालत गर्दै आएकी थिइन्।
अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको भिडियोमा उनले जे तर्क गरेकी छिन् त्यसले उनलाई नेपालमा ब’लात्कार सम्बन्धी कानुन र बला’त्कारका प्रकारबारे जानकार नभएको वा जानाजान पलको पक्षमा वकालत गरेको देखिन्छ।
१८ वर्ष मुनीको नाबालिगको हकमा सहमति यौ’न सम्बन्ध हुनु पनि बला’त्कार मानेर पीडितको उमेर अनुसार दण्ड र स’जायको व्यवस्था गरेको छ।
पुजा ब’लात्कार आरो’पीको पक्षमा लागे पनि अभिनेत्री रेखा थापा, ऋचा शर्मा लगायतका अभिनेत्रीहरुले नाबालिगको पक्षमा सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन्।

