नेपाली युवा प्रताप बस्नेत युक्रेनको सेनामा भर्ना भएका छन् । उनी रुसविरुद्ध युक्रेनका तर्फबाट यु’ ‘द्ध ल’ड्न’ गएका छन्। सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् ।
रुसले आ क्र म ण ग’रेप’छि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भा गे र छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरु’द्ध यु’ ‘द्ध ल’ड्न’ सेनामा भर्ती भएका हुन् ।
युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै उनले मानवीयताका लागि आफू यु’ ‘द्धमा हो’मि एको पनि बताएका छन् । साथै उनले आफू यु द्ध ल ड्न सेनामा भर्ती हुन लाग्दा ‘डर नभई गौरव लागेको समेत बताएका छन् ।
नेपाल युक्रेनको पक्षमा !
एक सातादेखि रुसले युक्रेनमाथि आ’क्रमण सुरु गरेयता पक्ष र विपक्षमा विश्व धु्रवीकृत भएको छ । युक्रेनको पक्षमा अमेरिकासँगको रणनीतिक साझेदार मुलुकहरू छन् भने विपक्षमा चीन बेलारुसलगायतका ठूला राष्ट्र विभाजित छन् ।
युक्रेनमाथि रुसी हमलालाई लिएर विश्व नै ध्रुवीकृत भइरहेका बेला नेपालले भने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को आपतकालीन बैठक गर्ने पक्षमा मतदान गरिसकेको छ ।
युक्रेनकै विषयसँग सम्बन्धित रहेर मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनबीच संवाद भएको छ । सो संवाद’दयगत सुरुमा ब्लिंकनले ट्वीटरमार्फत् जानकारी गराएका छन् ।
उनको ट्वीटमा नेपालका प्रधानमन्त्रीसँगको कुराकानीका क्रममा रुसले अकारण आक्र’मण गरेको, तथा युक्रेनको सम्प्रभुता र भौगोलिक अखण्डताप्रति आफूहरूको समर्थनलगायतका विषयमा कुराकानी भएको उल्लेख गरिएको छ ।
ट्वीटमा ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीसम्बन्धी विविध मामिलामा सहकार्य जारी राख्नेछौं’ भनिएको छ । यता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ट्वीटमार्फत आफूले युक्रेनविरुद्ध रुसी आ’क्रमण र सम्प्रभुताप्रति आफूहरूको समर्थन रहेको जनाएका छन् ।
त्यसो त एक साताअघि मात्रै युक्रेन आ’क्रमणको विषयलाई लिएर नेपालले विज्ञप्तिमार्फत आफूहरूले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको थियो ।
यसरी नेपालसहित २९ राष्ट्रले युक्रेनको पक्षमा मत दिइरहँदा चीन विपक्षमा उभिएको छ भने भारत सो प्रक्रियामा भाग नै नलिई तटस्थ बसेको छ । दुई ठूला राष्ट्र भारत र चीनले रुसलाई अहिले चिढ्याउने पक्षमा देखिँदैनन् ।
तर, नेपालले भने एक कदमअगाडि बढेर अमेरिकासँगै युक्रेनको पक्ष लिनु र अमेरिकी विदेशमन्त्री र नेपालको प्रधानमन्त्री देउवाबीच भएको संवादलाई चासोका साथ हेरिएको छ ।
अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० नेपालको संसद्बाट अनुमोदन भएको ताजा अवस्थामा अमेरिकाले स्वागत गरेको छ भने चीनले सो विषयलाई नजिकबाट हेरिरहेको बताएको छ ।
नेपालमा एमसीसी अनुमोदन भएलगतै चीनले आफूले सो विषयलाई नोट गरेको जनाइरहँदा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्रीसँगको संवादले अमेरिका नेपालसँग सकारात्मक भएको सन्देश दिन खोजिरहेको जानकार बताउँछन् ।
यसैबीच नेपालले युक्रेनको पक्ष लिएर मतदान गरेसँगै धेरैले नेपालको विदेश नीतिको विषयलाई लिएर चर्चा पनि गरेका छन् । नेपालको परराष्ट्रनीति २०७७ मा ‘संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताको आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्रनीति सञ्चालन गर्ने र विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धिसम्झौता गर्न संविधानले नीतिगत मार्गदर्शन गरेको’ उल्लेख छ ।
विदेश नीतिको विषयमा चर्चा भइरहँदा विज्ञहरू भने यसलाई स्वाभाविक मान्छन् । यसअघि पनि नेपालले कुनै देशमा भएको घटनाको विषयमा विरोध जनाएको उदाहरण भएको हुँदा अहिलेको यो अवस्थामा आफ्नो मत राख्नुलाई स्वाभाविक मान्नुपर्ने विज्ञको मत छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई नेपालले कुनै पनि मुलुकको पक्ष लिन नुहुने तर कुनै अर्को मुलुकमाथि कुनै पक्षले सैन्य आक्र’मण गर्छ भने समर्थन गर्न नहुने भनाइ छ । नेपालले मान्दै आएको असंलग्नता र पञ्चशीलका सिद्धान्तबाट भने विचलित हुन नहुनेको उनको जोड छ ।
युक्रेनको अवस्थालाई लिएर विश्व अहिले विभाजित छ । रुससँगको निकट सम्बन्धका कारण भारतलगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन् । अमेरिकासँग रणनीतिक साझेदार मुलुक र अन्य पश्चिमा मुलुक भने युक्रेनको पक्षमा उभिएको राजधानी दैनिकले लेखेको छ ।

