नेकपा एमालेमा सांसदको संख्या घटेको छ । बला’त्कारको आरोपमा प’क्राउ परेका एमालेका सांसद मोहन बानियाँ निलम्बनमा पर्ने भएपछि यस्तो अवस्था आएको हो ।
सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै संघीय संसद सचिवालयले बानियाँलाई निलम्बनको तयारी गरेको हो ।
जुम्लाकी एक महिलाको उजुरीको आधारमा सांसद बानियाँ हिजो पक्राउ परेका हुन् । १८ माघमा २५ लाख रुपैयाँ दिन्छु भन्दै होटलमा बोलाएको तर पैसा नदिई उल्टै बला’त्कार गरेको भन्दै पीडित महिलाले माघ २७ गते उजुरी दिएकी थिइन् ।
उजुरीपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि बानियाँ फरार थिए । अन्ततस् हिजो उनलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
बानियाँ पक्राउ परेपछि उनको सांसद पद निलम्बनमा पर्ने संघीय संसद सचिवालय’का प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । ‘माननीयज्यू प’क्राउ परेको खबर आएको छ,औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ उनले भने ।
पाण्डेका अनुसार संसदको आगामी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ । मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परेसँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या तत्काललाई घट्नेछ ।
हाल बाँके जिल्ला प्रहरी कार्यालयको हि’रासतमा रहेका सांसद बानियाँलाई भोलि अदालतमा म्याद थपका लागि उभ्याइनेछ ।

