नेकपा माओवादी केन्द्र बकैया गाउँपालिकाका नेता विरबहादुर भोलन ‘लामा’ नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहिबार बकैया एमाले ५ नंबर वडा कमिटीले भडौरामा गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यकम्रमा भोलन माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।
यसैगरि,कार्यक्रममा लामा समयदेखि राप्रपामा आबद्ध चन्द्रबहादुर कार्की,लालसिंह घलान,सोमबहादुर थिङ,अर्जुन घलान,कुमार स्याङ्तान,अरुण माझी एमाले प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस परित्याग गर्दै कृष्ण भोलन,बाबुलाल बल लामा,बुद्धिमाया दोङ,सरिता पाख्रिन थिङ,संजय माझी,अर्पण माझी,प्रदीप माझी,अमर स्याङ्तान,सुनिल लामा,जयकुमार लामा,अनिल लामा,शेरबहादुर माझी,कोपिला माझी,संगिता माझी,रणबहादुर माझी,
जयकुमार रुम्बा,बिरबहार भोलन,सुजन लो,पंज माझी,बुद्ध स्याङ्तान,सुजन बले,विजय गोले,सोमबहादुर भोलन,दिनेश थिङ,कमानसिंह थिङ,अन्सार गोले,सरिता भोलन,अनिता भोलन,ठूलीमाया स्याङ्तान,निमु गोले,ईन्द्रबहादुर थिङ,बिक्रम थिङ लगाएत ८३ जना एमालेमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई एमाले केन्द्रीय सदस्य एवं मकवानपुर सह ईन्चार्ज तथा मकवानपुर क्षेत्र नंबर एकका सांसद कृष्णप्रसाद दाहाल,एमाले मकवानपुरका उपसचिव एवं भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले टिका र खादा लगाएर एमाले स्वागत गरेका थिए ।
एमाले प्रवेश गरेका विरबहादुर लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारण आफुले माओवादी परित्याग गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादी शान्ती सम्झौतामा आएपछि सेना समायोजनमा अध्यक्ष प्रचण्डले धोका दिएको बताए ।
उनले प्रचण्डले माओवादी सेनालाई सत्तामा जान मात्र प्रयोग गरेको टिप्पणी गरे । उनले १० वर्षसम्म जनयुद्धमा लडेका माओवादी सेनालाई बेवास्ता गरेपछि आफु सोहि समयबाट चिन्तित रहेको र जनताको लागि काम गर्ने पार्टी खोजि र मूल्याङ्कन गरिरहेको स्मरण गरे ।
उनले आफु कम्युनिस्टको ठूलो पार्टी एमालेनै जनताको लागि काम गर्ने राष्ट्रियताको रक्षामा सदैव अघि बढ्ने बुझेर आफु एमालेमा आएको बताए । उनले बृद्धभत्ता देखि भूमीहिनहरुलाई जग्गादिने कामको थालनी गर्ने पार्टीनै एमाल रहेको बताउँदै अब एमालेमै आफ्नो बाँकी राजनीतिक जीवन बिताउने प्रतिबद्धता व्यक्त गरे ।
उनले स्थानीय निर्वाचन नजिकिदै गरेको बताउँदै रक्सि र मासुुको लोभ देखाउनेहरु प्रति सचेत रहन अनुरोध समेत गरे । उनले बकैया ५ नंबर वडा र पुरै बकैयामा एमाले जिताउन आफु कटिबद्ध भएर लाग्ने समेत बताए । उनले आफ्नो वडामा खानेपानी र सडकको समस्या रहेको बताउँदै नेतृत्वलाई यस विषयमा गम्भिर हुन अनुरोध समेत गरे ।
यसैगरी माओवादी परित्यागर्दै एमाले प्रवेश गरेका अर्जुन घलानले एमालेले जनताको लागि गरेको कामहरुबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफु कम्यिुनिस्ट धार एमालेले नै जनस्तरको कामहरु गर्ने विश्वासले एमाले प्रवेश गरेको स्पष्ट पारे । उनले वडामा स्थानीय जनप्रतिनिधिहरु खानेपानी समस्या,सडक विस्तार नगरेको गुनासो समेत गरे ।
यसैगरि,एमाले प्रवेश गर्दै सोमबहादुर थिङले वडामा स्थानीय जनप्रनिनिधिहरुले कामहरु नगरेको टिप्पणी गरे । उनले जनतालाई ठूलो सपना देखाएर काम गर्ने स्थानमा पुगेपछि कामहरु गर्न नसकेको बताए ।
उनले आफ्नो वडामा विद्युतको समस्या,सडक विस्तार हुन नसकेको र खानेपानीको समस्या विकाराल रहेको बताए । उनले आउँदो स्थानीय निर्वाचनमा एमाललेलाई वडा देखि पालिकासम्म जिताएर विकासका कामहरु अघि बढ्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एमाले जिल्ला सदस्यहरु दलबहादुर वाईवा,कृष्णप्रसाद चौलागाई,बेलप्रसाद दाहाल र सरला बोलखेले स्थानीय निर्वाचन नजिकिदै गरेको बताउँदै बकैयाको १२ वटै वडा र पालिका जित्ने गरि अघि बढ्न पार्टीको कामहरु बढाउनु पर्नेमा जोड दिएका थिए ।
एमाले बकैया–५ का वडा अध्यक्ष लालबहादुर जिम्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य राजन दंगाल,राजकुमार तिमल्सिना,एमाले बकैया अध्यक्ष गोपाल दाहाल लगाएत एमाले भातृसंगठनका प्रतिनिधि,नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


