पल शाह प्रकरण :
अभिनेता पल शाहमाथि लागेको आरोप साँचो हुनसक्ने बलियो आधार फेला परेको छ । जसमा पीडित नाबालिग रहेको देखिएको छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ।
सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो।
‘जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो।’
प्रहरीले पीडितको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेकाले आ’रोपी वि’रुद्ध दुवै प्रमाण बलियो रहेको एक प्रहरीले जानकारी दिए।
तनहुँ प्रहरीको हि’रासतमा रहेका पलले प्रहरी बयानमा भने आरोप अस्वीकार गरेका छन्। उनले पीडित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि ब’लात्कार भने नगरेको दाबी गरे पनि दुवै प्रमाण उनी विरुद्ध देखिएको छ।
नाबालिग गायिकाले पल विरुद्ध बला’त्कारको जाहेरी दिएपछि पाँच दिन लुकेर उनी आइतबार प्रहरी कार्यालय पुगेर सरेन्डर गरेका थिए। प्रहरीले सात दिनको अनुमति लिएर हि’रासतमा राखेर अनुसन्धान गरिरहेको छ।
अनुसन्धानमा घटनास्थलको मु’चुल्का, ब’यान लगायतको प्रक्रिया जारी रहेको अनुसन्धानस्रोतले बतायो। प्रहरीले प्रमाण बुझ्ने काम समेत जारी राखेको छ।
पक्ष-विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।
अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ । त्यसैले संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आयोगले आग्रह गरेको छ ।
आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ग’म्भीर प्रकृतिको अप’राधको अनुसन्धान फौ’जदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ ।’
आयोगले गम्भीर प्रकृतिको फौ’जदारी अ’पराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न र अतिप्र’चारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पुर्याउन आयोगले आग्रह गरेको छ ।
आफूलाई प्राप्त प्रमाणहरु सार्वजनिक गर्र्नुको सट्टा अनुसन्धान अधिकारीहरुलाई उपलब्ध गराउन पनि आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

