संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्मा आपतकालीन बैठक गर्ने विषयमा चीनले विपक्षमा मतदात गर्दा नेपाल भने छिमेकी राष्ट्र भनेर त्यसको पछि लागेन। नेपालले आफनो स्वविवेक प्रयोग गर्दै बैठक बोलाउने पक्षमा मतदात गरेको छ।
स्वीट्जरल्यान्डको जेनेभामा सोमबार भएको बैठकमा तत्काल बैठक बोलाउनु पर्ने पक्षमा नेपालसहित २९ राष्ट्रले पक्षमा मतदान गरेका छन भने नेपालको छिमेकी राष्ट्र चीनसहित ५ देशले प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
भारतसहित १३ देशले भने मतदानमा भाग लिएका छैनन् । संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदका ४७ सदस्य छन् ।
रुसको आक्रमणबारे छलफल गर्न राष्ट्रसंघमा परिषदको आपतकालीन छलफलमा अर्जेन्टिना, बेनिन, बोलिभिया, ब्राजिल, आइभोरीकोस्ट, फिनल्यान्ड, फ्रान्स,
जर्मनी, गाम्बिया, होन्डुरस, इन्डोनेसिया, जापान, लिथुवानिया, लिबिया, लक्जेम्बर्ग, मवाली, मलेसिया, मार्सल आइल्यान्ड, मेक्सिको, मोन्टिनेग्रो, नेदरल्यान्ड्स, पाराग्वे, पोल्यान्ड, कतार, दक्षिण कोरिया, बेलायत, अमेरिका, युक्रेन र नेपाल सहभागि हुने भएका छन्।
त्यसैगरी विपक्षमा चीन, क्युबा, इरिस्ट्रिया, रुस र भेनेजुएलाले मतदान गरेका थिए । अर्मेनिया, क्यामरुन, ग्याबोन, भारत, काजखस्तान, मोरिटानिया, नामिबिया, पाकिस्तान, सेनेगल, सोमालिया, सुडान, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तानले भने मतदान गरेनन् ।
संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदको ४९ औं सत्र सोमबारबाट सुरु भएको छ । नेपालले युक्रेनमाथि रुसले गरेको आक्र’मणको विरोध गर्दै गत साता विज्ञप्ति समेत निकालेको थियो । नेपालले युक्रेनको सार्वभौतिकता र भौगोलिक अखण्डमाथि गरिने आ’क्रमणको विरोध गर्ने जनाएको छ ।

