रुससँग डटेर यु’द्ध गरिरहेका युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको ह’त्या गर्ने प्रयास भइरहेको छ ।
रुसले राष्ट्रपति जेलेन्स्कीसहित युक्रेनका २४ उच्च अधिकारीको ह’त्या गर्न छुट्टै सैन्य टोली परिचालन गरेको टाईम्स अफ लन्डनले समाचार प्रकाशित गरेको छ ।
रुसी टोलीले २४ फेब्रुअरीदेखि हालसम्म जेलेन्स्कीलाई मा’र्न ३ पटक प्रयास गरेपनि सफल हुन सकेको छैन । रुसी टोलीले जेलेन्स्की रहेको ठाउँ यकिन गर्न नसक्दा सफल हुन नसकेको युक्रेनका एक उच्च अधिकारीले अन्तर्वार्तामा बताएका छन् ।
जेलेन्स्की कहाँ लुकेका छन् ? सबैतिर चासो छ । तर उनी गोप्य ठाउँबाट रुसविरुद्ध यु’द्ध रणनीति बनाइरहेका रिपोर्टमा उल्लेख छ ।
युक्रेनमाथि रुसले सै’न्य ह’मला गरेको १०औं दिनसम्म राष्ट्रपति जेलेन्स्की डटेर यु’द्ध गरिरहेका छन् । रुसी सेनाले विभिन्न शहरमा क’ब्जा जमाउँदै गएको छ भने यु’द्ध झन्झन् ख’तरनाक हुँदै गएको छ ।
रुसले जेलेन्स्कीलाई राजधानी किभ छाड्न चेतावनी दिएको थियो । त्यसपछि जेलेन्स्कीले राजधानी किभ छाडे कि किभमै छन्, सर्वत्र चासो छ ।
अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोमा युक्रेन आवद्ध हुन खोज्दा आक्रो’शित रुसले आ’क्रमण गरेको पृष्ठभूमिमा रुसलाई ठेगान लगाउन नेटो सेना युक्रेनभित्र घुसि’सकेको दाबी गरिएको छ ।
रुसको गुप्तचर निकायले नेटो सेनाका आ’तंककारीहरू युक्रेनमा प्रवेश गरेर रुसविरुद्ध रणनीति बनाइरहेका दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यु’द्धमा सहयोग गर्न अमेरिका, नेटो लगायत अन्तर्राष्ट्रिय निकायलाई आह्वान गर्दै आएका छन् ।
युक्रेन नेटो गठबन्धनमा आवद्ध भएमा आफू अप्ठ्यारोमा पर्ने डरले रुसले यु’द्ध शुरू गरेको हो । रुसले लगातार आक्रमण गरिराख्दा समेत युक्रे’न डटेर प्रतिरक्षा गरिरहेको छ ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको ह’त्या गर्न रुसले छुट्टै टोली परिचालन गरेको रिपोर्ट समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।
राष्ट्रपति जेलेन्स्कीलाई मा’र्न ३ पटक गरिएका प्रयास असफल भइसकेका र जेलेन्स्की कहाँ लुके भनेर रुसी सेनाले पत्ता लगाउन नसकेका रिपोर्टमा उल्लेख छ ।

