पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालनमा ल्याएको केबलकारको औपचारिक उद्घाटन गरेका छन्। दोलखाको कालिञ्चोक मन्दिरमा निर्माण भएको केबलकारको उद्घाटन ओलीद्धारा भएको हो ।
सार्वजनिक जग्गामा निर्माण भएको केबलकार उद्घाटनमा पूर्वप्रधानमन्त्री जस्तो राज्यको महत्वपूर्ण व्यक्ति आएको भन्दै नेकपा माओवादी केन्द्रले बिरोध गरेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका समितिले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक जग्गामा शक्तिको दुरुपयोग गरि निर्माण गरिएको केबलकार उद्घाटनमा पूर्वप्रधानमन्त्री पुग्नुलाई आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएको हो।
विज्ञप्तीमा राज्यको सम्पती दोहन गरि अबैध ढंगले निर्माण गरिएको केबलकार उद्घाटनमा ओली सहभागि हुनु राज्य संयन्त्र र ऐन नियमको खिल्ली उडाइएको आरोप लगाइएको छ ।
माओबादीका कार्यकर्ताले ओलीलाई बिरोध गर्दै कालो झण्डा समेत देखाएको छ । ओलीले ‘अवैध केबलकार’ उद्घाटन गरेको भन्दै नेकपा माओवादी केन्द्रले विरोध गरेको छ ।
एमाले अध्यक्ष ओलीले दोलखाको कालिञ्चोक भगवती मन्दिरमा सञ्चालनमा रहेको केबलकारको शनिबार उद्घाटन गरेका हुन् । तर, उक्त अवैध भन्दै माओवादी केन्द्रले विरोध जनाएको हो ।
माओवादी केन्द्र कालिन्चोक गाउँपालिका संगठन कमिटीका अध्यक्ष नवराज अर्यालले विज्ञप्ती जारी गर्दै उक्त केबलकार अवैध भएको दावी गरेका छन् ।
शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले अवैध केबुलकार उद्घाटन गरेर राज्यमाथि नै खिल्ली उडाउने यो कार्य तत्काल बन्द गर्न नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका संगठन कमिटी आव्हान गर्दछ ।
यदि कालिञ्चोकबासी जनसमुदायप्रति उक्त प्रालि। जिम्मेवार नबनेमा नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका संगठन कमिटीले उक्त केबलकार बन्द गराउने पक्षमा लाग्न बाध्य हुनेछ ।’
केबलकार सञ्चालक कालिञ्चोक दर्शन प्रा।लि।ले गौरीशंकर संरक्षण क्षेत्रको रोहवरमा स्थानीयसँग वातावरणीय प्रदूषण मूल्याँकन गर्दा गरेका सम्झौताहरु पालना नगरेको, कम्पनीले एकाधिकार लादेर स्थानीय होटल व्यवसायीहरुको रोजिरोटी खोसेको, राज्यको कुनैपनि निकायसँग आधिकारिक स्विकृती नलिएको भन्दै उक्त केबलकार अवैध भएको माओवादीले जनाएको छ ।

