प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनले विशेष कामले भेटेको बुझिएको छ ।
प्रधानमन्त्री शितलनिवास पसेको समयमै प्रधानसेनापति प्रभुराम शर्मा पनि पुगेका छन् । राष्ट्रपतिसँग भण्डारीसँग भेट्न देउवा र शर्मा एकै समयमा पुगेपछि चासो बढेको छ ।
२९ फागुनसम्मका लागि संसद् बैठक स्थगित
प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।
आलोपालो क्षेत्रीय सभापति बन्ने सहमति
नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई(दुई वर्ष सभापति बन्ने सहमति गरेका छन् ।
कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उम्मेदवारले बराबर मत ल्याएका थिए । मत बराबरी भएपछि गोलाप्रथा गर्न उम्मेदवारहरू राजी नहुँदा नवलपुर(२ मा कांग्रेस सभापतिको टुङ्गो लाग्न सकेको थिएन ।
मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार गुरुङ र कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए । मत बराबर भएपछि गोला प्रथा गर्ने वा पुनः मतदान गर्ने वा पुनः मतगणना गर्ने वा बदर मतको आधारलाई कुन मान्ने भन्ने विषय टुङ्गोमा पुग्न सकेको थिएन । दुवै पक्षबीचको छलफलपछि दुइ(दुई वर्ष कार्यकाल विभाजन गर्ने सहमति भएको छ ।
यसैबीच नेपाली कांग्रेस नवलपुरको सहमति नभएका पदमा आज मतदान हुने भएको छ । सहमति नभएका पदमा अहिले बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरू गरिएको निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए । यसअघि जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन भएका छन् ।
त्यस्तै नवलपुर क्षेत्र नं १ को महासमिति सदस्य खुलातर्फ पाँच जना निर्विरोध चयन भएका छन् । निर्विरोध निर्वाचित हुनेमा ओमप्रसाद सापकोटा, गजेन्द्रबहादुर आले, मदनभक्त अधिकारी, गणेश सापकोटा र गोकुल सापकोटा रहेका छन् ।
त्यस्तै खसआर्यतर्फ भरत तिवारी सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदका लागि मतदान हुँदैछ । मतदान प्रक्रियामा जिल्लाका कूल एक हजार ९७२ मतदाताले मतदान गर्नेछन् ।

