बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हि’रासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरा’सतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ ।
म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हि’रासतमा राख्न अनुमति लिइएको हो ।
११ फागुनमा एक बालिकाले आफूमाथि ब’लात्कार गरेको भन्दै उ’जुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
त्यसपछि १५ फागुनमा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए । अनुसन्धानका लागि पहिले पाँच दिन थु’नामा राख्न अनुमति लिएको प्रहरीले अनु’सन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको हो ।

