मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो ट्विटले उनका प्रशंसकहरू केही चिन्तामा छन् । एक हप्ताअघि आफ्नो स्वास्थ्य अवस्थाबारे ट्विट गरेका बच्चनको पछिल्लो ट्विटले पुनः हलचल मच्चिएको छ ।
उनको ट्विटले प्रशंसकहरूमा यति धेरै खुल्दुली बढ्यो कि उनीहरूले धमाधम मध्यरातमा नै कमेन्ट गरे । अमिताभले लेखेका छन्, “भनेको थिएँ नि तिमीले मानेनौँ १ अब जाऊ ।”
उनको यो ट्विट मार्च ६ मा १२ः१९ बजे पोस्ट भएको छ । उनको ट्विटमा अहिलेसम्म चार हजारभन्दा बढी ट्विटर प्रयोगकर्ताले लाइक गरिसकेका छन् । ४०० बढी कमेन्ट छन् ।
कमेन्टमार्फत प्रशंसकहरूले सधैँ बच्चनको साथमा भएको बताइरहेका छन् । कसैले लेखेका छन्, “होइन, तपाईंलाई छोडेर जाँदैनौँ । तपाईं जहाँ, लाइन आज पनि त्यहीँबाट सुरु हुन्छ ।” नवभारत टाइम्सबाट ।
फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा
काठमाडौँ। फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ। फिल्म क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो।
निर्माण टिमले सार्वजनिक गरेको भिडियो नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका ब्यक्तिहरुले फिल्मलाई दिएको शुभकामना सहित प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको हो।
यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन्। तेज पेसाले बैंकर हुन्। तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ।
सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन्। फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ।
स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो।
यस अघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो।

