चर्चित अभिनेत्री पूजा शर्माले पहिलोपटक आफ्ना प्रेमी सार्वजनिक गरेकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यवसायी युद्ध बानियासँगको प्रेमसम्बन्धमा रहेको खुलासा गरेकी छिन्।
उनले युद्धसँगको एक फोटो राख्दै आफूहरुबिच प्रेमसम्बन्ध रहेको स्विकार गरेकी छिन्। ‘यु आर द वान’ सहित रेड इमोजी उनले फेसबुकमा लेखेकी छिन्।
एक वर्षदेखि पूजा र युद्धबिच प्रेमसम्बन्धमा रहेको चर्चा चल्दै आएको छ। केही दिनअघि मात्रै पूजाले एक अन्तर्वार्तामा घरबाट बिहेको कुरा चलिरहेको र आफूहरु एकअर्कालाई चिन्दै गरेको बताएकी थिइन। तर औपचारिक रुपमा भने पूजाले पहिलोपटक नै सार्वजनिक गरेकी हुन्।
यसअघि पूजाको नाम आकाश श्रेष्ठसँग पनि जोडिएको थियो। तर पूजाले भने आफूहरु सँगै काम गर्ने र मिल्ने साथी मात्रै रहेको बताएकी थिइन्।
यता पूजाकै सहकर्मी कलाकार पल शाह भने एक हप्तादेखि एक बालिकामाथि अनैतिक कार्य गरेको आरोपमा तनँहु प्रहरीको हिरासतमा छन् ।
सरानाको ‘मन्तर मोहनीु स् जादुगरको भूमिकामा महजोडी
गायिका सराना श्रेष्ठको ‘मन्तर मोहनीु बोलको गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।
कालीप्रसाद बास्कोटाको शब्द र संगीत रहेको गीतमा गायिका सराना श्रेष्ठको स्वर सुन्न सकिन्छ। सराना कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी हुन्।
गीतको भिडियोमा महजोडी अर्थात् मदनकृष्ण र हरिवंश आचार्यको फरक अवतार देख्न सकिन्छ। उनीहरु गीतको भिडियोमा जादुगरको भूमिकामा देखिएका छन्। भिडियोमा सरानाका साथै पुष्प खड्का र साम्राज्ञी क्षेत्रीको अभिनयसमेत देख्न सकिन्छ।
सरानाकै कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोमा गोपालकृष्ण महर्जन र सरानाको लगानी रहेको छ।

