प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबाट एमसीसी पास गराएर गठबन्धनकै प्रस्ताव अस्विकार गरेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर अर्ली इलेक्सन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको भन्दै गुनासो गरेका छन् ।
सोमबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसो भनेका हुन्।
चार दलीय सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमालेले संसद चल्न नदिएको बताउँदै विघटन गरेर अर्ली इलेक्सनमा जान गठबन्धनमा प्रस्ताव गरेका थिए।
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमालेले संसद चल्न नदिएर दुस्ख दिएको भन्दै सार्वजनिक रुपमै विघटन गरेर निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन्।
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताएका छन्।
‘वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय निर्वाचन सर्ने सम्भावना छैन,’ प्रचण्डले भने, ‘चल्न त प्रतिनिधिसभा विघटनको चर्चा चलेको छ तर, परिस्थिति त्यता गइसकेको छैन।’
स्थानीय निर्वाचन नसर्ने भएकोले अब व्यापक तयारी गरेर जान अध्यक्ष दाहाले नेताहरुलाई निर्देशन दिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने संसद् विघटन गरेर चुनावमै जानुपर्ने पक्षमा छन् ।

