पल शाह (पूर्णविक्रम शाह)को घटनाले नयाँ मोड लिएको छ । ज’बरजस्ती क’रणीको मु’द्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हि’रासतमा राख्न अनुमति दिँदा नयाँ बयान रहस्यमय आएको छ ।
आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक ब’लात्कार र यौ’न दुर्व्य’वहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।
फागुन ११ मा बालिकाले दिएको जा’हेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले ब’लात्कार गरेको जिकिर गरिएको छ । तनहुँ प्रहरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग बयान लिएको छ ।
घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।
कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले गत बुधवार दमौलीमा गएर बयान दिएका थिए । आइतबारसम्म ५ जनाको बयान सकिएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए । उनले भने–‘बयानसँगै प्रमाण संकलन गर्ने काम भइरहेको छ ।’
आ’रोपी पल शाहले चाहिँ ‘ब’लात्कार’ अस्वीकार गरेका छन् । तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आरोप अस्वीकार गरेका हुन् । प्रहरीले पीडित बालिकाको पनि घटना विवरण कागज गराएको छ ।
नवलपरासी प्रहरीको पत्र
पल शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि उजूरी परेको छ । ब’लात्कार मुद्दामा अनुसन्धान र बयानका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले शाहलाई उपस्थित गराइदिन भन्दै तनहुँ प्रहरीलाई पत्र लेखेको छ ।
जिल्ला अदालत पूर्वी नवलपरासीले उनलाई प’क्राउ गर्न छुट्टै प’क्राउ अनुमति जारी गरेको छ । प्रहरीले पनि छुट्टै मिसिल तयार गरेको छ । पललाई केही दिनमा पूर्वी नवलपरासीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एकजना अधिकृतले बताए ।
फागुन १५ बाट पल तनहुँ प्रहरीको हिरासतमा छन् ।

