एमसीसी पासः नेपालमा अमेरिकी सेना र कामदार आउदैछन् ? गृहमन्त्री बालकृष्ण खाँणले दिए यस्तो प्रतिक्रिया
गृह मन्त्री बालकृष्ण खाँडले राष्ट्रियता बलियो बनाउनको लागि अमेरिकी सहायता परियोजना (एमसीसी) ल्याएको बताएका छन् ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँडले सो कुरा गरेका हुन् । उनले राष्ट्रको समृद्धि र विकासका लागि एमसीसी प्रतिनिधि सभाबाट पारित गरिएको बताए । एमसीसी पास भएकै कारण नेपालमा कुनै विदेशी सेना नआउने उनको भनाई छ ।
उनले एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम रहने पनि बताए । एमसीसीबाट विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग पुग्ने उनले बताए । उनले भने ‘विद्युतको तारबाट विद्युत आउँछ, सेना आउँदैन’।
उनले एमसीसी एक अनुदान मात्र नभएको भन्दै यहाँ काम गर्न अमेरिकी कामदार पनि नआउने बताए । उनले भने’ एमसीसी ऋण होइन, अनुदान हो, आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।’

