नाबालिग ब’लात्कारको आ’रोप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । तनहुँ प्रहरीमा ब’लात्कारको जा’हेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बला’त्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जा’हेरी दर्ता गरेकी थिइन् ।
उक्त मु’द्दाको अनुसन्धानका लागि आरो’पितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आ’रोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो । ब’लात्कार मु’द्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अ’नुसन्धान गरिरहेको छ ।
बुधबार जिल्ला अदालतबाट हि’रासतमा राखि म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए। १६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरि’को थियो ।
ब’लात्कार मुद्दामा अनुसन्धान गर्न आरो’पित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई ब’लात्कार गरेको किशोरीले कि’टानी जाहेरी दिएकी छिन् ।

