नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि सुरु हुनुअघि बसेको पोलिटव्यूरो बैठकमा सम्मानित नेता झलनाथ खनाललाई गाली र एमसीसीलाई ताली लगाइएको छ । बैठकमा एस पार्टीका सम्मानित नेता खनालले एमसीसी अनुमोदनको बेला पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै केही नेताहरुले आक्रोश पोखेका थिए ।
पार्टी अध्यक्ष माधव कुमार नेपालले बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमसीसी जस्ताको त्यस्तै अनुमोदन गर्न नसकिने यसअघिको सचिवालयको बैठकको निर्णय भएको थियो, तर, स्थायी कमिटीको बैठकबाट केही असहमति भएपनि एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको तर खनालले फरकमत राखेर पार्टी निर्णय विपरित गएको बताएका थिए ।
त्यसो त पार्टीभित्र सम्मानित नेता झलनाथ खनालसहितका नेताहरुको फरक मत रह्यो, यो उपयुक्त थिएन’, अध्यक्ष नेपालले भने । अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा उनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित किन अनुमोदन गर्नु पर्यो भन्ने विषयमा प्रष्ट पार्ने प्रयास गरेका थिए । उनले सोही प्रतिवेदन केन्द्रीय कमिटीमा पेश गर्ने भएका छन् ।
एमसीसीका बारेमा केन्द्रीय कमिटी बैठकमा पनि प्रष्ट पार्नुपर्ने भएकाले पोलिटब्यूरोमा पनि यो विषयमा छलफल होस् भन्दै खनालले गल्ती गरेको बताएका थिए ।
राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्ने तयारी भएको उल्लेख गरेका छन् ।
‘जस्ताको त्यस्तै अनुमोदन हुने अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे, हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं।
त्यसैक्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो । त्यस धारणामा हामी पनि आधारभूत रूपमा सहमत भयौं,’ उनले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
उनले प्रतिवेदनभित्र खनाललाई गाली नगरेको भएपनि बोल्ने क्रममा भने खनालको शैली ठीक नभएको बताएका थिए । ‘पार्टीभित्र अराजब हुनुहुँदैन भन्ने हाम्रो मान्यता रहेको छ’, अध्यक्ष नेपालको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ।

