नाबालिका गायिकालाई ब’लात्कार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका नायक पल शाहलाई नवलपरासी पुर्याईएको छ। मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो ।
तनहुँ प्रहरी हि’रासतमा रहेका अभिनेता शाह विरुद्ध तिनै गायिकाले गैडाकोटमा पनि उजुु’री दिएकी छिन् । उनलाई त्यहाँ वयानका लागि लगिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले किशोरीको उजुरीबारे अनुसन्धानका लागि शाहलाई गैंडाकोट पु(याइएको जानकारी दिए । शाहविरुद्ध गत फागुन १६ गते ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् ।
पल शाहलाई थप १२ दिन हिरा’सतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले आदेश दिएको छ। यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो ।
१७ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कार र यौ’न दुव्र्य’वहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह प’क्राउ परेका हुन् । फागुन १५ मा शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।
नवलपुरमा दिइएको उजुरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिसोर्टमा पल शाहले ब’लात्कार गरेको उल्लेख छ । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको भन्दै पहिलो पटक तनहुँ पुगेर पीडितले उजुरी दर्ता गरेकी थिईन।
फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक क’रणीसम्बन्धी कसु’रमा उजु’री दर्ता भएको हो । पीडित किशोरीले पलले आफूलाई विवा’हको प्रलोभ’नमा पारेर लामो समयदेखि पटक–पटक कर’णी गर्दै आएको हुनाले का’नूनी कार’बाहीको माग गरेको बताएकी छन् ।
गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।

