नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई ‘लेटर अफ एक्सचेन्ज’मार्फत सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् ।
बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘एमसीसीलाई व्याख्यात्मक घोषणा गर्नै नसकिने होइन । तर, हामीले एकतर्फी ग¥यौँ । जे गरिएको छ, त्यसलाई उपलब्धिमा बनाउनुपर्छ । लेटर अफ एक्सचेन्जबाट यसलाई सम्झौताको अंग बनाउनु पर्छ ।’
उनले अहिले एकलौटी सम्झौता जस्तो भएको र अमिरिकी हितलाई माथि राखिएको समेत बताए । एकतर्फको घोषणाबाट पारित भएको एमसीसी अहिलेकै अवस्थामा कार्यान्वयनमा गएमा त्यो कम्युनिष्ट र चीनविरोधी हुने समेत उनको भनाइ छ ।
मोरङको रंगेलीका मेयर र उपमेयर एमालेमा प्रवेश
नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयरको पदावधि सकिनै लाग्दा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
मेयर दिलिपकुमार अग्रवाल र उपमेयर केशवकुमार खनाललाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगेलीमा एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका छन् ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् ।

