विहीबार सार्वजनिक विदा दिइएको छ। महोत्तरीको भंगहा नगरपालिकाले मिथिलाको प्रसिद्ध माध्यमा परिक्रमा भंगहा नगरपालिकाको कन्चनवनमा आउने यात्रीहरुको स्वागतका लागि नगरभरिमा एक दिनको लागि सार्वजनिक बिदा दिएको हो।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन बिहीबार कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख संजिव साहले जानकारी दिए । बिहीबार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी९इमरजेन्सी सेवाबाहेक०, विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने सूचना जारी गरिएको छ।
बुधबार महोत्तरीको धुव्रकुण्डमा विश्राम गरेका यात्रीहरु भोलि बिहानै कञ्चनवन आउने भएका छन्। राति यहाँ विश्राम गरेपछि यात्रीहरु शुक्रवार विहानै धनुषा प्रवेश गर्ने भएका छन् ।
रौतहटको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।
अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो ।
नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक विदा दिइएको सूचना जारी गरेका छन् ।

