नेकपा एस अध्यक्ष माधवकुमार नेपाललाई जन्मदिनको शुभकामना दिँदा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले लेखेको ट्विीटमा चर्चाै भएको छ । शुभकामना नेपालीमै लेखेको भए पनि हुन्थ्यो, तर, विशेष बनाउन उनले अंग्रेजी भाषा प्रयोग गरिन् । ४६ शब्दको जन्मदिने ट्वीट सुन्दर छ ।
तर, उनले लेखेको ‘कमरेड’ शब्दले शंका गर्ने ठाउँ दियो । सीओएमआरएडीई हुनुपर्ने कमरेडको हिज्जेमा उनले सीओएमआरईडी लेखेकी छिन् ।
४६ शब्दको ट्वीटमा दुईपटक दोहोरिएको कमरेडको मात्रै गलत स्पेलिङ भएपछि बाँकी सबै चोरीको अनुमान जो कोहीले गर्न सक्छ ।
खोजेपछि भेटियो सन् २०२१ सेप्टेम्बर २८ मा एक वेबसाइटमा राखिएको जन्मोसवको शुभकामना, जुन दुरस्तै झाँक्रीले चोरेकी रैछिन् ।
रोचक कुराचाहिँ उक्त वेबसाइटमा राखिएको शुभकामनामा उल्लेखित ‘बोस’ लाई सच्याएर ‘कमरेड’ राखेर उनले पोस्ट गरेकी रैछिन् । त्यसमै गल्ती भइदियो ।
फागुन २३ मा नेता नेपालको जन्मदिन परेको थियो ।


