नाबालिग गायिकामाथि ब’ला’त्कारको आ’रोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) को पक्षमा लागेर आफूहरू विरू’द्ध जथाभाबी बोल्ने र लेख्नेलाई कार’बाही गर्न पीडित परिवारले माग गरेको छ।
ब’लात्कार विरू’द्ध प्र’हरीमा जा’हेरी परेपछि पलका पक्षधरहरूले पी’डित विरू’द्ध सडकमा ना’राबाजी गर्नुका साथै सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिएका थिए। यसले दिक्क भएका नाबालिगका आमाबुबाले पलको पक्ष लिएर आफूहरूमाथि जथाभाबी बोल्नेलाई का’रबाहीको माग गरेका हुन्।
शाहमाथि अहिले तनहुँ र नवलपुर प्रहरीले अनुस’न्धान गरिरहेको छ।
बिहीबार कास्की प्रहरी कार्यालयमा भेटिएकी आमाले सामाजिक सञ्जालमा गरिएका गा’ली देखेर आफूहरू आ’त्तिएको बताइन्। उनले त्यसरी गा’ली गर्नेलाई कार’बाही गर्न प्र’हरीको ध्यानाकर्षण गराइन्।
पलसँग पीडित पक्षले पैसा खाएको, बार्गेनिङ गरेको, मु’द्दा फिर्ता लिने र प्रहरी हि’रासतमै विवाह गरिदिने भनेकोजस्ता कुरा झू’टा भएको र त्यस्तो कुरा बोल्नेलाई कार’बाही हुनुपर्ने उनको माग छ।
‘दसरबाह्रवटा भैंसी पालियो, खेतीपाती गरेर खाइयो, अहिलेसम्म कसैको दुई पैसा खा’छैन। छोरीलाई आर’आइपी, हार्दिक श्रद्धा’ञ्जलि लेखेको र बोलेको देख्दा एकदम आ’त्तियौं। गाउँघरमा पनि कुरा काट्छन्।
कुरा बुझेका मान्छेहरूले भने साथ दिनुभएको छ,’ नाबालिगकी आमाले भनिन्, ‘जो जसले हाम्रो चरित्र ह’त्या गरे, झु’टा कुरा फैलाए उनीहरूलाई कार’बाही होस्।’
न्यायका लागि का’नुनी उप’चारमा आउनुअघि पटकपटक पी’डक पक्षले मिल्न दबा’ब दिएको आमाको भनाइ छ।
उनका अनुसार ब’लात्कार विरू’द्ध जा’हेरी दिन पहिलोपटक गत माघ ९ गते पी’डित परिवार जिल्ला प्र’हरी कार्यालय तनहुँ पुगेको थियो। पलले फोन गरेर जाहेरी नदिन भने। अन्तिम अवस्थामा जाहेरी नदिइकन पी’डित परिवार पोखरा फर्कियो।
भोलिपल्ट माघ १० गते पोखरा आएर पलले घ’टनामा मिलापत्र गर्न जोड लगाए। त्यस दिन पलले केही सञ्चारकर्मीसमेत लगेर ब’लात्कारको उजु’री नदिन र मिल्न दबा’ब दिएका थिए।
पी’डित पक्ष नमानेपछि पलले बला’त्कार विरू’द्ध जाहेरी दिए आफ्नो ‘करिअर’ सकिने र नाबालिग गायिकाको पनि करिअर सकिने भन्दै पी’डितलाई आफ्नो पक्षमा पार्न खोजेका थिए।
विशेष गरी आफूलाई पटकपटक फोन र भेटघाटमार्फत ब’लात्कार उ’जुरी दिनबाट रोक्न खोजेको आमालाई बताइन्। उ’जुरी दिनुअघिसम्म पनि धेरै जनाले फोन गरेर प्र’हरीमा जानबाट रोक्न खोजेको उनको भनाइ छ।
‘छोरीले फोन उठाएन भनेर मलाई फोन गर्थे, उजुरी दिन हुँदैन भन्थे,’ पी’डित आमाले भनिन्।
उजु’री दिनुअघि निकै दबा’बमा परेपनि अब भने न्याय पाउने आशा जागेको उनले बताइन्। ‘उजुरी नदिन निकै दबा’ब थियो। उजु’री दिइयो अब न्याय पाइन्छ भन्ने विश्वास छ,’ उनले भनिन्, ‘न्याय नपाएसम्म हामी ल’डिरहने हो।’

