पोखरा। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्याएका छन्। पोखरामा प्रेस चौतारीको महाधिवेसनलाई सम्बोधन गर्दै उनले भने, ‘रामका बा ठोरीका हुन् ।
माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए। उनको नाम नेगीबाट दशरथ बन्यो।’
उनले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने बताए। ‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे। सत्युगमा चोरी हुन्थेन भन्छ। उतिबेला कसैसँग सम्पति भए पो चोर्ने ।
घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,झ उनले भने, ‘राम राज्य कस्तो थियोरु कसैलाई थाहा छैन।झ
सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे। ञरावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्षमणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,
– ओली भन्छन्, ‘कपडा बनिसकेको थिएन। अरु सबै होहल्ला हुन्। तर, आज हामी विकासको शिखरमा छौं। पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं।’

