माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव जित्ने नयाँ काइदा पार्टी पंक्तिलाई सुनाएका छन् । अहिलेको सत्ता गठबन्धनमा सहमति जुटाएर स्थानीय तहमा पनि गठबन्धन गर्ने प्रयासमा रहेका प्रचण्ड र एकीकृत समाजवादीका माधव नेपालले कांग्रेसलाई सहमत गराउने प्रयासमा रहेका छन् । कांग्रेसभित्र सभापति शेरवहादुर देउवा पक्ष पनि गठबन्धनबाटै निर्वाचनमा जानुपर्ने मत व्यक्त गरिरहेको छ ।
गठबन्धनबाटै निर्वाचनमा जानुपर्ने मतको विरोधमा रहेका केही नेताहरु पनि अहिले पार्टीले निर्णय गर्छ भन्दै बोली फेर्न थालेका छन् । त्यही क्रममा प्रचण्डले आफ्ना नेताहरुलाई गठबन्धनको काइदा बताएका हुन् ।
प्रचण्डले केन्द्रीय समितिको बैठकमा सदस्यहरुलाई सुनाए अनुसार, अहिले जुन दलले जुन पालिका जितेका छन्, त्यसलाई कायम राख्ने अनि एमालेले जितेका पालिकाको हकमा जुन दल दोस्रो छ, उम्मेदवार राम्रो दिएर, त्यसै अनुसार पालिकाहरु भाग लगाउने गरी छलफल हुन थालेको छ ।
त्यसो गर्दा एमालेले जित्ने ठानिएका धेरे पालिका गठबन्धनका रहेका दलहरुले जित्नेछन् र आफूहरु एमालेभन्दा अगाडि आउने प्रचण्डको बुझाइ रहेको छ ।
प्रचण्डले केन्द्रीय सदस्यहरुलाई बताएका अनुसार, एमाले चुनावको मामिलामा निकै सिपालु भएको र माओवादी न्यू कमर भएका कारण कतिपय रणनीति भने अपनाउन गाह्रो हुने पनि उल्लेख गरेका छन् ।
एमालेले अहिले नै सबै गाउँ पुगेर चुनावका तयारी गरिसकेको, कसलाई भन्दा कसले एमालेलाई भोट हाल्छ भन्ने सम्मको सूचना बोकेर एमाले बसिरहेको प्रचण्डले केन्द्रीय नेताहरुलाई सुनाएका छन् ।
२०७८ फागुन २० गतेको केन्द्रीय समितिको बैठकमा प्रचण्डले गठबन्धनको यो काइदाका बारेमा बताए पनि गठबन्धनमा सहमति भएको भने होइन । तर, प्रधानमन्त्री शेरवहादुर देउवा पनि सहमत देखिएको ‘काइदा’ भने हो भनेर प्रचण्डले नेताहरुलाई बताएका छन् । कांग्रेस आफू बलियो भएर पहिलो दल बन्ने र यो काइदा अनुसार, गठबन्धन भए आफूहरु दोस्रो हुने प्रचण्डको दाबी रहेको छ ।
कांग्रेसभित्र चुनावी गठबन्धनको विरोधमा पनि नेताहरु रहेको तर पार्टीले निर्णय गरेपछि उसका कार्यकर्ताहरु अन्तिममा मान्ने खालको प्रवृत्ति रहेको पनि प्रचण्डले बताएका छन् । कांग्रेसीहरू कम्युनिष्ट जस्तो प्रतिबद्ध र अनुशासित नभएपनि अन्तिममा भोट हाल्ने पनि बताएका थिए ।
प्रकाश सपुतको ‘पीर’ ले माओवादीलाई पिरोल्यो, माफी मागेर यूट्युवबाट हटाउन चेतावनी
गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ । माओवादी जनयु’द्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् ।
गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखाले माओवादी जनयु’द्ध लड्ने महिला छापामारको अभावलाई देह व्यापारमा लगेको जसरी चित्रण हुनु दण्ड’निय भएको बताएका छन् ।
उनले भनेका छन्, ‘पीर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयु’द्द लड्ने एक महिला छापामारको अभावलाई उनले ञदेह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ । ’
उनले अभाव, निराश र गरिब महिलाहरुले देह व्यापार नै गर्छन ? भनेर समपुतलाई प्रश्न समेत गरेका छन् ।
यसैगरी वाईसीयल अध्यक्ष सुमन देवकोटाले पनि गीत हटाउन चेतावनी दिएका छन् ।
यस्तै अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंहले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयु’द्धमा सहभागी महिलाहरु शरीर वेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गर्नु आपत्तिजनक रहेको बताइन् ।
उनले उक्त दृश्य हटाउन चेतावनी दिँदै माफी माग्न समेत भनेकी छन् ।
सामाजिक सञ्जालमा गीतले राम्रो प्रतिक्रिया पाइरहेको भएपनि केही माओवादी नेताहरुले भने गीतमा देखाइएको देह व्यापारको दृश्य हटाउनुपर्ने भन्दै विरोध जनाइरहेका छन् ।

