पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मार्च ९ मा भारतीय पक्षबाट क्षे’प्यास्त्र प्र’हार भएको विषयलाई लिएर चेता’वनी दिएका छन् । आइतबारको भाषणमा खानले भने, मार्च ९ मा के भयो तपाईं सबैलाई थाहा छ ।
भारतीय पक्षबाट हाम्रो देशमा एउटा क्षे’प्यास्त्र प्रहार गरियो । चाहेको भए हामीले त्यसको जवाफ एकै पटक दिन सक्थ्यौँ तर हामीले सचेत भएर काम गऱ्यौँ ।
मार्च ९ मा भारतीय से’नाले अनआर्म्ड मि’साइल (ह\तियार नभएको क्षे’प्यास्त्र) गल्तीले प्रहार गरेको थियो । करिब २६१ किमी दुरीमा उक्त मि’साइल पाकिस्तानको मियाँ चान्नु क्षेत्रमा खसेको थियो ।
यसमा कुनै हति’यार नभएकाले कुनै क्षति भने भएन । भारतले आफ्नो गल्ती स्वीकार गर्दै उच्चस्तरीय छानबिन को आदेश दिएको थियो ।
साउदीका विदेशमन्त्री आज नेपाल आउँदै
साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउदैछन्। नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा काठमाडौं आउन लागेका हुन्।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग १ चैतमा बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ।

