माओवादी केन्द्रका नेता कार्यकर्ता र विभिन्न संगठनहरुले प्रकाश सपूतको ‘पिर’ प्रति आक्रोश व्यक्त गरिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्तेजित कोही हुनु आवश्यक नभएको बताएका छन् ।
धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वलडा’कुहरू देशको निम्ति शान्ति प्रक्रियामा आइयो भनेर गर्व गर्ने र कत्रो सपना देखेको थिएँ माओवादीले बर्बाद पारे भन्ने दुवै रहेको बताए ।
जनयु’द्धकालमा महिलाले वीरता र कीर्तिमान कायम गरेको प्रचण्डको भनाइ छ ।
‘महिलाका हिजो जनयु’द्धको बेला वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन् । त्यतिबेला राज्यका पक्षबाट भएका दमन र अत्या’चार पनि छन् । यो विषयमा उत्तेजित कोही हुनुपर्ने छैन ।
तर्क बितर्क हुन्छन् त्यसलाई सहज स्वाभाविकरूपमा लिनुपर्छ । अहिले मात्र होइन सयौं वर्ष हामी गइसकेपछि पनि हुनेवाला छ ‘, उनले भने ।
जनयु’द्धलाई शान्ति र संविधानमा ल्याउन ठीक थियो कि थिएन ? सधैँभरको प्रश्न हुने प्रचण्डको भनाइ छ । उनले आफू खाडी मुलुक जाँदा दुस्खपूर्ण जीवन बिताएका लडा’कुहरूलाई भेटेको स्मरण सुनाए ।
‘म कतार वा मलेसियामा जाँदा होस् । सयौंका सयौं संख्यामा त्यहाँ दुस्खपूर्ण जीवन बिताएका लडा’कुहरूलाई भेटेँ’, प्रचण्डले भने, ‘उहाँहरूले मलाई भन्नुहुन्थ्यो- कमरेड तपाईंलाई अप्ठ्यारो पर्यो भने भन्नुस् है हामी जस्तोसुकै त्याग गर्न तयार छौं हामी बिग्रेका छैनौं विचलित भएका छैनौं ।’
प्रचण्डले पूरै गीत भने आफूले नहेरेको बताए ।

