एमालेबाट निर्वाचित भएर एकीकृत समाजवादीमा सनाखत गरेकी उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।
कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले एकीकृत समाजवादी छोडेर माओवादी प्रवेश गरेकी हुन् ।
सोमबार उनलाई धनगढीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
मोहन्याल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै एमालेबाट निर्वाचित भएका थिए । अध्यक्ष नवलसिंह रावलको निधन भएपछि उपाध्यक्ष बुढामगरले गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्
एकीकृत समाजवादीमा मन्त्रीहरूको चर्को आलोचना
गत फागुन २४ र २५ गते काठमाडौंमा सम्पन्न नेकपा ९एकीकृत समाजवादी०को तेस्रो केन्द्रीय कमिटीको बैठक १५बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । उक्त बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको ध्यान केन्द्रित गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको गठबन्धन कायम गर्दै जानुपर्नेमा जोड दिएको छ ।
अध्यक्ष माधवकुमार नेपालले ‘आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई हामीले त्यसैरुपमा उपयोग गर्नुपर्छ, यो निर्वाचन हाम्रो पार्टी जीवनका लागि एउटा महत्वपूर्ण परिघटना हो’, भनेका छद्धन् ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै, ‘यसमा हामीले प्राप्त गर्ने सफलताले एकातर्फ हाम्रो राजनीतिक हैसियत निर्धारण गर्नेछ भने अर्कोतर्फ हाम्रो भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्नेछ’ भने ।
प्रतिवेदनमा नेपालले हालको सत्ता गठबन्धन र सहकार्यलाई आगामी स्थानीय तहको निर्वाचनसम्म मात्र होइन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले स्थानीय तहमा उम्मेदवार बनाउँदा पार्टीमा लामो समयदेखि योगदान पुर्याएका र स्वच्छ छवि भएका इमान्दार कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने कुरा उठाएका छन् ।
बैठकमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल गर्न नौवटा समूह बनाइएको थियो । उक्त समूहमा सहभागी प्रतिनिधिहरूले भ्रष्ट, बिचौलिया र खराब आचरण भएका नेता, कार्यकर्तालाई उम्मेदवार बनाउन नहुने सुझाव दिएका थिए । त्यसैगरी नौवटै समूहमा मन्त्रीहरूको व्यापक आलोचना भएको थियो । एकीकृत समाजवादी पार्टीबाट संघीय सरकारमा सामेल भएका मन्त्रीहरूले भ्रष्ट, नैतिकहीन र गैरकम्युनिष्ट चरित्रका व्यक्तिलाई नियुक्ति गरिएको बारेमा व्यापक विरोध भएको थियो ।
पर्यटन विभाग प्रमुख राजेन्द्रमान श्रेष्ठले पार्टीले आफूलाई पर्यटन विभाग हेर्ने जिम्मेवारी दिए पनि पर्यटन मन्त्रालयअन्तर्गतका नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष र नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्दा विभागलाई थाहै नदिएको गुनासो गरे ।
श्रेष्ठले भने– विधि, पद्धतिको कुरा गर्ने पार्टीले ती नियुक्तिहरू कसको सिफारिसमा गरिएको हो, विभागलाई जानकारी चाहियो’, भने । श्रेष्ठले मन्त्रीले आफुखुसी नियुक्ती दिने हो भने विभागको के काम भनेर प्रश्न गरे ।
अधिकांश समूहका प्रतिनिधिहरूले केन्द्र र प्रदेशमा गठबन्धन सरकार छ भनिएको छ, तर त्यसको अनुभूति समाजवादी पार्टीका कार्यकर्ताहरूले गर्न नपाएको गुनासो पोखेका थिए । हरेक समूहमा पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको बढी आलोचना भएको थियो ।
समूहगत छलफलमा सहरी विकासमन्त्री झाँक्रीको सचिवालय व्यवस्थित नभएको र मन्त्रीको व्यवहार कार्यकर्तामैत्री नभएको गुनासो थियो भने, स्वास्थ्यमन्त्री खतिवडा पनि कार्यकर्तामैत्री नभएको आरोप लगाएका थिए ।

