नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिट आज पेशी चढेको छ छ । सर्वोच्च अदालतका न्यायाधीशहरू मीरा खड्का र डा।कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको हो ।
प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्ति बदरको मागसहित गत भदौ १ गते सर्वोच्च अदालतमा रिट हालेका थिए । रिटमा २४ साउनमा घिसिङलाई कार्यकारी निर्देशक बनाउने सरकारको निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ ।
आफ्नो पदावधि नसकी हटाउने क्याविनेटको निर्णय गैरकानुनी भएको शाक्यको जिकिर छ । उनी २७ माघ २०७७ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । चार बर्से अवधि भए पनि उनी ६ महिनामै उक्त पदबाट हटाइएका थिए । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् ।
तर, उनको मागअनुसार ५ असोजमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णय बदर भने गरेन । कारण देखाउ आदेश मात्रै जारी गरेको थियो ।

