एकीकृत समाजवादीभित्र अहिलेका मन्त्रीहरु फेरेर नयाँ सांसदलाई मन्त्री बनाउन चलखेल सुरु भएको चर्चा हुन थालेको छ ।
अध्यक्ष माधव नेपालले नै मन्त्रीहरुलाई यो विषयमा जानकारी गराएको भन्दै एकीकृत समाजवादीका केही नेताहरुले सरकार पुनर्गठनका चर्चा चलाइरहेका छन् ।
मन्त्रीहरु फेर्ने कुरा माथिल्लो तहका नेताहरुले भन्दा नराम्रो होला भने तल्लो तहका र जनवर्गीय संगठनका नेताहरु बोल्न पनि थालेका छन् ।
स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुनुभन्दा अघि नै मन्त्रिपरिषद्मा आफ्ना मन्त्रीहरु हेरफेर गर्ने कि भन्नेबारेमा छलफल हुन थालेको हो । सुरुमै मन्त्री हुँदा माधव नेपालले ६ महिनामा हेरफेर हुने संकेत गरेको एकीकृत समाजवादीका नेताहरुले बताउने गरेका छन् ।
सोही पुरानो वचन अनुसार मन्त्रीहरु हेरफेर गर्ने कुरा भएको बताइएको छ ।
निर्वाचन आचारसंहित २०७८ चैत १५ पछि लागू हुने संभावना भएका कारणले त्यो भन्दा अघि नै मन्त्रिहरु फेर्ने कि भन्ने भइरहेको समाजवादीका एक नेताको भनाइ छ ।
अहिले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर कल्णाणी खड्का मन्त्री बन्न दिनदिनै माधव नेपालको घरमा धाइरहेको स्रोत बताउछ ।
उनी राज्यमन्त्री सरहको सुविधासहित संसदीय समितिको सभापति रहेको र पार्टीभित्र झाँक्रीको जति क्रेज र प्रभाव नभएका कारणले खड्काको विषयमा माधव नेपालले मुख खोलिनसकेको पनि एकीकृत समाजवादीका नेताहरुवीच चर्चा भइरहेको छ ।
काम गराईको हिसाबले विरोध खतिवडाले पनि स्वास्थ्य मन्त्रालयले काम गर्न नसकेका कारणले खतिवडाको विषयमा पनि पुनर्विचार गर्नुपर्ने चर्चा भइरहेको छ ।
पर्यटन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन चाहिं पार्टीभित्र मात्र होइन, व्यापारीहरु पनि लागेका छन् । मन्त्री आलेसँग रुष्ट भएका बतास समूह र ह्यात रिजेन्सी होटलका साहुजीहरु पनि दिनदिनै माधव नेपाललाई कन्भिन्स गर्ने खेलमा लागेको स्रोतको भनाइ छ ।
ठूला ठूला साहुजीहरुलाई करको दायरामा ल्याउने र कर नतिर्नेमाथि कारबाही गरेर चर्चामा आएका मन्त्री आलेलाई मन्त्रालयबाट हटाउन आफू जति पनि खर्च गर्न तयार रहेको भन्दै बतास समूहका मान्छेहरु हिंडिरहेको चर्चा पनि एकीकृत समाजवादीभित्र भइरहेको छ ।
आलेसँग अहिले पनि कम्तीमा ६ जना सांसद साथमा रहेका कारण अध्यक्ष माधव नेपाल पनि तत्काल आलेको विषयमा निर्णय लिन सक्ने अवस्थामा देखिएका छैनन ।
माधव नेपालले जसरी पनि मेटमणि चौधरीलाई मन्त्री बनाउने बाध्यता रहेका कारण पनि आलेलाई हटाएर चौधरीलाई मन्त्री बनाउने चर्चा चलेको छ । तर, चौधरीसँग जनाधार पनि नभएका कारण अध्यक्ष नेपालले निर्णय लिन नसकेको बताइन्छ ।
यता, श्रममन्त्री किसान श्रेष्ठलाई पनि ६ महिनाका लागिमात्रै मन्त्री बन्ने सर्तसहित श्रम मन्त्री बनाएको बताइन्छ । उनी आफैले ६ महिना भएपनि हुन्छ भनेर माधव नेपालसँग रोइकराई गरेर मन्त्री बनाएकोक चर्चा छ ।
श्रममन्त्री श्रेष्ठको नाम भन्दा पनि भवानी खापुङ वा मेटमणि चौधरी मन्त्री बनाउने चर्चा थियो । श्रेष्ठ फूल मन्त्री हुने भएपछि खापुङ स्वास्थ्य राज्यमन्त्री हुन बाध्य भएका थिए ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा अहिले मन्त्री हेरफेरको चर्चाले व्यापक तनाब सिर्जना गरेको नेताहरु नै बताउँछन् । तर, माओवादी र कांग्रेसले पनि मन्त्री हेरफेर गर्ने चर्चा भएका कारण एकैसाथ हुने पनि बताइन्छ ।
त्यसो त, स्थानीय चुनावअघि मन्त्रीहरु नफर्ने कि भन्ने सल्लाह गठबन्धनभित्रका दलका नेताहरुवीच पनि छलफल भइरहेको नेताहरु बताउँछन् । यता, सर्वोच्च अदालतमा माधव नेपालसहित एमालेले कारवाही गरेका १४ सांसदको पदबारेको मुद्धामा चैत्र २० गतेदेखि पूर्ण सुनुवाई हुन लागेको छ । यही बीचमा माधवले चालेको कदम अर्थपूर्ण मानिएकोछ ।

