रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकारी दिएको हो ।
राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिकामाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
अमेरिका र पश्चिमा देशहरुले केही रुसी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ ।
यो पनि,
नेपालमा लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
काठमाडौं । सरकारी अकर्मण्यताले सवारी चालक अनुमतिपत्र ९ड्राइभिङ लाइसेन्स०को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको बताए ।
अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा ९ट्रायल० र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ ।
यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछिको मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा थिए ।
लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन् । नियमित शैलीमा परीक्षा लिइरहेका छन् ।
चैत २०७६पछि झण्डै २०७७ पुससम्म अनुमतिपत्र बन्द गरेर खुलेकाले अनलाइन प्रणालीमा चाप उच्च थियो । त्यतिबेला अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समय ९विहान ६ बजेपछि० मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै दिँदा अनलाइन सिस्टममा एकैपटक धेरै व्यक्ति आउँदा सिस्टम डाउन भएर धेरै सेवाग्राहीले फारम भर्न सकेका थिएनन् ।
२०७६ चैतदेखि कोभिड–१९ का कारण सरकारले पहिलोपटक नयाँ चालक अनुमतिपत्रको आवेदन लिने काम स्थगित गरेको थियो । कोभिड–१९ बाट सुरक्षित हुँदै २०७७ असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो ।
त्यसैकारण सरकारले ‘भिजिट मिति’ दिने गरी जति पनि फारम भर्न सकिने व्यवस्था गर्यो । त्यसपछि भने आवेदनको चाङ लाग्न थालेको थियो । त्यही अवस्थामा फेरि वैशाख १६ देखि महामारीको दोस्रो लहरका कारण अनलाइन फारम भर्न बन्द गरिएको थियो, जुन कात्तिक महिना मात्रै खुलेको थियो ।

