उमेर नपुगेकी किशोरीमाथि जब’र्जस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका नायक पल शाहसँग इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई गैँडाकोट झिकाएर नवलपुर प्रहरीले एक साता लगाएर बयान लिएको हो। प्रहरी स्रोतकाअनुसार शाहले बयानमा अभियोग अस्वीकार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी दिलीपकुमार गिरीले शाहको वयान लिएर मंगलबार दिउँसो तनहुँ फिर्ता पठाएको बताए। ‘जिल्ला अदालत तनहुँको आदेशमा अनुसन्धानका लागि ल्याएका थियौं।
अदालतकै आदेशमा उहाँसँग वयान तथा सोधपुछ अनुसन्धान गरेर पठाएका छौं। अन्य अनुसन्धान भइरहेको छ,’ उनले भने। उनकाअनुसार आज साँझसम्म शाह तनहुँ पुग्नेछन्।
शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि पीडित परिवारले नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि शुटिङका क्रममा ज’बर्जस्ती क’रणी गरेको भन्दै शाहवि’रुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा उ’जुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि ललाई फकाई प्रलोभन देखाएर ज’बर्जस्ती क’रणी गरेको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट पहिलो पाँच दिन र दोस्रोपटक १२ दिनको म्याद लिएर अनुसन्धान जारी छ।
थपिएको १२ दिन पनि सकिँदैछ। अनुसन्धान नसकिए प्रहरीले अझै एक साता न्यायिक हि’रासतमा राख्न सक्छ। अनुसन्धान पूरा भएमा शाहलाई अदालतमा पेश गर्नेछ।

