नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिएका छन् । र, उनीप्रति प्रहार अझैं नपुगेको बताएका छन् ।
बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित गैरभौगोलिक प्रदेश समितिहरुको प्रशिक्षणमा प्रचण्डले ‘प्रतिक्रियावादीहरु’ अझै ओलीलाई बचाउन लागि परेको आरोप समेत लगाए । ‘अझै पुगेको छैन खलनायकलाई,’ एमाले अध्यक्ष ओलीको नाम नलिई भने, ‘दिन त हामीले पुर्याएर दिएकै हो । बालुवाटारबाट बालकोट, सबै प्रदेशबाट घर–घर पुर्यादिइम् । तर अझ जति पुग्नुपर्ने हो, पुगेको छैन क्या १’
प्रचण्डले थपे, ‘९देशभित्र र बाहिरका० प्रतिक्रियावादीहरु उनलाई बचाउन कस्सिएका छन् । माओवादी आउला कि भनेर सातो गएको छ उनीहरुको । उनीहरुको सातो गए जाओस्, कम्युनिज्मको भूत भन्या जस्तो हामी माओवादी भूत भएर निक्लिनुपर्यो एकचोटी । यिनीहरुको सातो खानुपर्यो, अनि जित्छौं हामीले ।’
ओलीसँगको वार्ता किन असफल रु
सम्बोधनका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयता परियोजना एमसीसी अनुमोदनका बेला बानेश्वरमा एमाले अध्यक्ष ओली लगायतका नेताहरुसँग भएको वार्ताबारे पनि कार्यकर्तालाई जानकारी गराएका छन् । उनले त्यो वार्ता किन सफल हुन सकेन भनेर व्याख्या समेत गरे ।
प्रचण्डकै शब्दमा बानेश्वर वार्ता स्
त्यतिविधि शेरबहादुरजी मात्रै एमालेलाई फकाउने रु लास्टै पर्यो भने त हामी पनि फकाउन जाम भनेर म, नारायणकाजी, देव गुरुङ, शक्ति बस्नेत गइयो केपी कहाँ । राष्ट्र संकटमा छ, केके हुने हो भनेर सल्लाह गरेर केपीकहाँ गइयो ।
मैले ओलीसँगको एकल वार्तामा बडो गम्भीर ढंगले कमरेड हिजो तितो मिठो जे–जे भएको भएपनि आज देश संकटमा पर्यो । तपाईं–हामी फेरि सहकार्य गर्न थालौं । आखिर यो देशलाई संकटमा बचाउने त वामपन्थीले नै त हो भनेर मिठो भाषामा भनेँ । उनले चाहिं तपाईं आउनुभयो ठीकै भयो, म दुईरतीनवटा कुरा भन्छु भने ।
पहिले त्यो सभामुख हटाउनुहोस्, त्यसपछि १९ पृष्ठको दस्तावेज जुन पहिले पेस गरिएको थियो, त्यो गल्ती भयो भनेर खारेजको घोषणा गर्नुहोस् भने । अहिले आएर त्यो १९ पृष्ठ लामो दस्तावेज गल्ती भयो भनेर खारेज गर्ने भन्छन् ।
माधव लगायत गैरसांसदलाई हटाउनुहोस्, अनि मात्रै सोच्न सकिन्छ भनेपछि मलाई के दशा लागेर आइएछ यो बैगुनीकहाँ भनेजस्तो भयो । त्यसपछि अरु साथीहरु ९नारायणकाजी लगायत० लाई बोलाएँ ।
एमालेतिर पनि अरु साथीहरु थिए । दुई जनाबीच के–के भयो भनेर ‘ब्रिफिङ’ गर्दा हाम्रो गुरुङजी विचरा सोझो मान्छे । उहाँले यो राष्ट्रिय स्वाधीनताको विषयमा त‘ भनेर के भन्दै हुनुहुन्थ्यो, के को राष्ट्रिय स्वाधीनता ९चर्को स्वरमा०, त्यो एमसीसी ठीक छ भनेपछि चाहिँ हामी सबैलाई यो हुने ठाउँ होइन, बेकारमा आइएछ भन्ने लाग्यो ।

