पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले पिर गित गायक प्रकाश सपुतले आफू नल्याएको बताएका छन् । बिहिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सपुतले ल्याएको पिर गित उनले नल्याइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका हुन् ।
उनले भने, चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् । त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन ।
उनले आफूहरु विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको बताए ।
राजनीतिमा आएर प्रतिस्पर्धा गर्न प्रकाश सपुतलाई रञ्जीत तामाङको चुनौती
सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ । यो बिषयलाई लिएर माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जीत तामाङले सुपतलाई खुलेआमा राजनीतिमा आउन चुनौती दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैको उक्साहटमा माओवादीविरुद्ध प्रयोग हुनुभन्दा खुलेआमा राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह छ ।’ उनी उक्त गीत ‘पिर’ शीर्षमा कथाकारको अर्धचेत, अल्पज्ञानको उपज भएको बताएका छन् ।
माओवादीको कमीकमजोरी स्वीकार गर्दै भनेका छन– ‘परिवर्तनका लागि मृत्युसँग मुकाबिला गरेका हाम्रा कमरेडहरु त्यति निच जिवन बिताइरहेका छैनन्, बरु एक छाक खाएका छन्, एकधरो कपडा लाएका छन् तर स्वाभिमान, नैतिकता र आत्मसम्मान गुमाएर जिउँदै मरेका छैनन ।’ उक्त गीत माओवादी जनयुद्ध र महिला जनमुक्ति सेनाहरुलाई अपमानित गरेर बनाइएको भन्दै गीत हटाउन पर्ने उनको माग छ ।
यता माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले जनयुद्धुलडेको महिला छापामारको अभावलाई ञदेह’ व्यापारमा लगेर गरिएको चित्रण आपत्तीजनक मात्रै नभएर दण्डनीय भएको बताएका छन् ।
सर्जक सपुतलाई मेरो एउटा प्रश्न अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो दिपशिखाले सामाजिक सञ्जालमा लेखेका छन्, सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क संगीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे माओवादी भातृ संगठन वाइसिएलका संयोजक सुमन देवकोटाले युट्युबबाट गीत हटाउन गायक प्रकाश सपुतसँग माग गरेका छन् ।

