एक नाबालिग गायिकालाई बला’त्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह अर्थात् पल शाहमाथिको मु’द्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएको छ । नाबालिगलाई बला’त्कार गरेको आरोपमा उनलाई १४ वर्षसम्म कै’दको मागदाबीसहित अदालतमा मु’द्दा दर्ता भएको हो ।
पलले नाबालिगलाई बला’त्कार गरेको भन्ने पुष्टि गर्न विभिन्न प्रमाण जुटाएर पेस गरेको छ । ‘जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडितको कागज, होटल सञ्चालिका सुलोचना कुँवरको कागज, होटलको इन्ट्री बुक,
अर्जुनप्रसाद तिवारीको कागज, पीडित भनिएकी बालिकाको शारीरिक परीक्षण प्रतिवेदन, दुर्गाबहादुर थापा ९दुर्गेश० को कागज, अडियो रेकर्डलगायतलाई प्रमाण मान्दै अदालमा मुद्दा दर्ता गरिएको छ ।
शाहविरु’द्धको मुख्य प्रमाणको रूपमा उनकै अडियोलाई लिइएको छ । २ मिनेट ३५ सेकेण्ड लामो अडियो अडियोमा भनिएको छ, ‘।।।यसमा चाहिँ के छ भनेसी यति ठूलो डिसिजन लिनुपर्छ भन्ने नै छैन । किनभने उ प्रेगनेन्ट भाको भए।।।
मैले गर्दा प्रेग्नेन्ट भएको भए।।। समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो।।। बिहे गर्ने, स्वीकार्ने कि नस्वीकार्ने अब गर्लफ्रेण्ड ब्वाइफ्रेण्डमा अन्डरस्ट्याण्डिङमा भयो होला।
हामीसँगै हुँदा केही भयो होला, तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याण्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्वीकार्नै पर्छरु विवाह गर्नै पर्छरु’
गत वर्षको ७ चैतमा सुटिङको क्रममा गैँडाकोट रिसोर्टको कोठा नम्बर १०२ मा नाबालिगमाथि शाहले बला’त्कार गरेको आरोप लागेको छ। उनले विवाह गर्छु भनि फकाएर बला’त्कार गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।
पीडित भनिएकी बालिकाले दिएको बयानअनुसार राति ११ बजेतिर शाहले फेसबुक म्यासेन्जरमा म्यासेज गरी ‘म आउँछु ढोका खुल्ला गरी राख्नु’ भनेको बताएकी छिन् ।
त्यसपछि ढोका ढकढक गरेको आवाज आएपछि ढोका खोल्दा शाह आएको बताएकी छिन् । त्यस राति शाहले आफूमाथि जबर’जस्ती क’रणी गरेको उनको बयान छ ।

