नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्ययन गरेर पुनः छलफल सुरु हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय सदस्यले प्रतिवेदन अध्ययन सुरु गरेका छन् ।
गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोग’दयगत प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव’दयगत नेकपाको उच्च तहमै समान मत छैन ।
विप्लवको पार्टीमा अहिले चुनावमा जानु संसदीय व्यवस्थालाई स्विकार्नु हो भन्ने भएकाले चुनावमा जान नहुने मत कतिपयको छ । पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए ।
बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ यसको विपक्षमा छन् । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ छन् ।
बुधबार उनको पार्टीका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर आफूलाई चुनावमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग गत वर्ष फागुनमा तीनबुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा आएका थिए ।
तीनबुँदे सम्झौता अहिलेसम्म पनि कार्यान्वयनमा नआएकाले बन्दी रि हा र मु द्दा फिर्ता नभएको उनीहरू भनाइ छ । विप्लवले अहिलेसम्म पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छैनन् । राजधानी दैनिकमा समाचार छ ।

