उमेर नपुगेकी गायिका तथा नायिकामाथि बला’त्कारको आ’रोप लागेका अभिनेता पल शाह अघिल्लो महिनादेखि प्रहरी हिरासतमा छन् । उनी तनहुँ प्रहरीमा किशोरी गायिका तथा नायिकाले दिएको जाहेरीपछि आत्म’समर्पण गर्दै पुगेका हुन् ।
यतिखेर पहिलेको नवलपरासी र अहिलेको नवलपुर जिल्ला प्रहरी कार्यालयबाट अहिले दमौली पुर्याइएका छन् । उनै किशोरीले तनहुँमा भन्दा पहिले आफूलाई शाहले नवलपुरमा भिडियो सुटिंगको क्रममा बलात्कार गरेको भन्दै उजुरी दर्ता गराएकी छन् । त्यसपछि शाहलाई अनुसन्धानको लागि दमौलीबाट गैंडाकोट पुर्याइएको हो ।
यसबीच यौ’नहिं’सामा कारवाही’सम्बन्धी नयाँ अध्यादेश जारी भएको छ । त्यसमा भएको कार्यस्थलमा हुने ‘यौनजन्य दु’र्ब्यवहारको दफामा टेकेर अहिले नवलपुर प्रहरीले शाहमाथि लागेको आरोपलाई मिहीन ढंगले केलाएको बताइन्छ । झण्डै दुई वर्षअघि नवलपुरमा भएको भिडियो सुटिङको क्रममा शाहले आफूलाई ब’लात्कार गरेको उनको दावी छ ।
शाहलाई नवलपुर प्रहरीले झण्डै एक हप्ता हिरासतमा राखेर बयान लिई हिजो अदालतमा मुध्दा बुझाएको छ । प्रहरी केरकारमा शाहले उक्त घटनालाई इन्कार गरेका छन् । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मैले करणी गरेको होइन ।’
तनहुँ प्रहरीले पनि यसैगरी आज थप पाँच दिन्न थुन्न म्याद लिएर जिल्ला अदालतमा मुद्दा दर्ताको अन्तिम तयारी गर्दैछ । नवलपुरमा दर्ता गरिएको मुद्दामा क्षतिपूर्तिको प्रसंग पनि उल्लेख छ ।
तनहुँ र नवलपुरमा भएका बलात्कारको सबैभन्दा ठूलो भिन्नता ती किशोरीको उमेर देखिएको छ । उमेरको कारण शाह थप लफडामा पर्ने कानुन व्यवसायीहरु बताउँछन् ।
‘नवलपुरमा सुटिङ हुँदा ती नानी १५ वर्ष ८ महिना ४ दिन मात्र पुगेकी रहिछन् । त्यो भनेको १६ वर्षभन्दा कम उमेर हो । त्यस्तो अवस्थामा अभि’युक्तलाई १६वर्ष कै’द दाबी माग गरिन्छ,’ एक जना सरकारी वकिलले भने ।
‘नवलपुरमा सुटिङ हुँदा ती नानी १५ वर्ष ८ महिना ४ दिन मात्र पुगेकी रहिछन् । त्यो भनेको १६ वर्षभन्दा कम उमेर हो । त्यस्तो अवस्थामा अभि’युक्तलाई १६वर्ष कै’द दाबी माग गरिन्छ,’ एक जना सरकारी वकिलले भने ।
नवलपुरका एसपी प्रज्वल महर्जनले पनि उक्त सन्दर्भलाई कोट्याउँदै बताए, ‘तनहुँको घटनामा ती किशोरी १६ वर्ष पुगेको देखिन्छ । यता भएको बेलामा १५ वर्ष र केही महिना मात्रै । त्यसैले तनहुँमा १६ देखि १८ वर्षको उमेरमा भएको क’रणीउपर अर्को कानुन आकर्षण हुन्छ भने नवलपुरको हकमा १६ वर्ष नपुगेको नाबालिकालाई ब’लात्कार गरेको कानुनी व्यवस्था आकर्षण हुने देखिन्छ ।’
एउटै विषयमा दुई वटा जिल्लाका अदालतमा मु’द्दा दायर भएपछि फैसला र त्यसको आधारमा दुईतिर छुट्टै आदेश हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा जुन अदालतले पहिले फैस’लाको प्रक्रिया अगाडि बढाउँछ त्यसपछि त्यहिँ थुनछेक बहस शुरु हुनेछ । सम्भवतः तनहुँमा पहिले मु’द्दा चलेकाले फैसला पनि त्यहिँ पहिले हुने सम्भावना छ ।
उक्त मु\द्दालाई नजिकबाट नियाल्दै आएका तनहुँका एक जना कानुन व्यवसायीका अनुसार शाहलाई धरौटीमा छाडिने सम्भावना अत्यन्त कम छ । ‘गत माघ महिनामा नेपालगञ्जको एउटा होटलमा एमाले सांसद मोहन बानियाँलाई लागेको ब’लात्कार आ’रोपजस्तै घटना यो नभएको उनको निचोड छ,’ ती कानुन व्यवसायीले भने ।
बानियाँ र ती महिलाबीच अनैतिक सम्बन्ध भए पनि उनीहरुबीच उमेर पुगेको र पहिलेदेखि नै सम्पर्क रहेको देखिन्छ । ती सबै कार्य सहमतिमा भएको हो । बानियाँले आफूले कण्ड’म लगाएर बला’त्कार गरेको जि’कीर गरेपछि सोहीआधारमा धरौ’टीमा छुटेका छन् ।
नवलपुर पुगेर प्रहरीसमक्ष पल शाहले, ‘सहमतिमा जे भयो भयो तर यत्तिकैमा विवाह नै गर्नुपर्छ भनेर कहाँ लेखिएको छ रु,’ भनेका छन् । अहिले त्यहाँको प्रहरीले शाहको बयानको उक्त भागलाई मुख्य प्रमाण र आधार मान्दै सावितिको रुपमा लिएकाले पल अप्ठेरो मोडमा पुगेको बताइन्छ ।

