जिल्ला अदालत नवलपुरमा दर्ता भएको नाबालिग ब’लात्कारको आरोप अस्वीकार गर्ला कलाकार पल शाहले गरेको दाबी निकै कमजोर देखिन्छ।
अभियोग पत्रमा उल्लेख भए अनुसारका प्रमाण र त्यसलाई खण्डन गर्न शाहले गरेका दाबी निकै कमजोर छन्।
शाहकै बयानबाट घटना भएको दिन दुवै एकै होटेलमा बसेको र सँगैको कोठामा सुतेको पुष्टि हुन्छ। गैँडाकोट रिसोर्टमा बस्दा सुत्नु अगाडि उनले म’दिरा सेवन गरेको पनि उनकै बयानबाट पुष्टि हुन्छ।
यति मात्रै हैन मदिरा पिएर उनी मध्यरात नाबालिग पिडितको कोठामा गएको समेत उनले नै बयानमा खुलाएका छन्। उनले कोठामा जानुको प्रयोजन सुत्दा ड लागेको छ कि भनेर सोध्न गएको दाबी गरेका छन् तर उनी कोठामा के गर्न गएका हुन् भन्नेमा उनको दाबीले मात्र पुष्टि गर्न सक्दैन। नाबालिग बाहेक तेस्रो व्यक्ति छैनन्।
यो परिस्थितिजन्य प्रमाण भयो। अर्को अकाट्य प्रमाण मानिने अडियो रेकर्ड आफ्नै भएको उनले स्वीकार गरेका छन् जहाँ यौ’न सम्बन्ध र त्यसका प्रभावबारे उनले कुरा गरेका छन्।
केही स्वर आफ्नो हैन कि भने पनि उनले बयानमा हो या हैन एकिन साथ भन्न सकेका छैनन्। तर स्वर उनको हो या हैन भन्ने प्रहरीमा रहेको भोइस एनालाइजरबाट सहजै पत्ता लाग्न सक्ने पक्ष हो।
उनले लिक भएको अडियोु उ प्रे’गनेन्ट भएको भए, मैले गर्दा प्रे’गनेन्ट भएको भए, समस्या भएको भए वा बच्चा भएको भए, गर्लफ्रेन्ड ब्वाइफ्रेन्डमा अन्डरस्ट्यान्डिङमा भयो होलाु भन्नुले दुबैबिच शारी’रिक स’म्बन्ध भएको देखाउँछ नै।
उनले सो अडियो २०७८ असारमा मध्यबानेश्वरको होटेलमा नाबालिगसहित गजब टिभीका सरोज वली, दुर्गेश भनिने दुर्गाबहादुर थापा र योगेश काजीसँग भएको सल्लाहको समेत स्वीकार गरेका छन्।
छलफलमा उनले २० वर्ष पुगेपछि विवाह गर्ने भनेर भनेको समेत स्वीकार गरेका छन्। सम्बन्धबारे केवल हल्ला मात्रै भएको आधारमा कानुनले विवाहयोग्य तोकेको उमेर पुगेपछि उनले नाबालिग पीडितलाई विवाह गर्ने आश्वासन किन दिएरु उनको यो बयानै उनी वि’रुद्ध नै प्रमाण लाग्ने देखिन्छ।
उनले बयानमा घटनाको दिन मदिरा सेवन गरेको समेत स्वीकार गरेका छन्। अभियोग पत्रमा कर’णी गरेको दिन पीडित नाबालिग होटेल सञ्चालकको छोरीसँग सुतेको देखिन्छ। यसले घटना हैन कि भन्ने देखाए पनि ब’लात्कार भएको समय र पीडित छोरीसँग सुत्न गएको समय फरक छ।
१२ वर्षकी ती नाबालिगले दिएको बयानमा १२ बजेतिर सुत्न आएको तर कथिबजे उठेर गएको हो थाहा नभएको बताएकी छिन्। पीडितको बयानमा ११ बजे म्यासेज गरेर पल कोठामा आएको उल्लेख छ।
अर्को प्रमाण पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन हो जसमा पीडितको Hymen च्यातिएको उल्लेख छ।
दुर्गेश थापाको बयानले समेत शाहलाई दोषी देखाउन प्रमाणको काम गर्न सक्छ। पीडित बालिकाले शाहले बला’त्कार गरेकोबारे बताएपछि छलफल गराएको स्वीकार गरेका छन्।
यसले पीडित बालिकाको परिवारले जाहेरी दर्ता गर्नु अगाडि नै बला’त्कार घटनाबारे छलफल भएको देखिन्छ। यसले श’ड्यन्त्र गरेर प्रहरीमा अकस्मात जाहेरी परेको हैन भन्ने देखाउँछ।

