नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय एउटै कुरा दोहोराहिरहेका छन् । उनि भन्छन् ‘एमसिसि पास गर्न काँग्रेशलाई नसघाएको भए एमाले र काँग्रेश मिलेर सरकार बनाउँथे । हामि सरकारबाट बाहिरिन्थौँ , प्रधानमन्त्रि शेरबहादुर देउवा हामिलाई सक्काउन केपि ओलिलाई प्रधानमन्त्रि बनाउन तयार हुने थिए ।
मुलत प्रशिक्षण मार्फत प्रचण्डले तल्लो तहसम्मै यहि कुरै पुर्याईरहेका छन् ।
सत्ता गठबन्धन दल एमसिसिमा सहमत देखिएता पनि हालसम्म सम्बन्ध बिश्वासमै मात्र अडिएको छ । एमसिसि माथिको ब्याख्यात्मक घोषणालाई मुखछोप्ने टालो मानेपनि आफु अडानमा बेचिएको प्रचण्डले संकेत गरिसकेका छन् ।
प्रचण्ड अहिले कार्यकर्तालाई सरकारबाट बाहिरिने खतराले एमसिसि पास गराउन बाध्य भएको बताईरहेका छन् ।
एमसिसि पास गरिसकेपछि घुमाउरो अर्थमा प्रचण्डलाई झुक्काएको भन्दै काँग्रेश पनि यतिबेला खुल्लामञ्चै पोखिन थालेको छ । गृहमन्त्रि बालकृष्ण खाँडले भनेका छन् ‘ब्याख्यात्मक घोषणासहितका भनेर २ ओटा पाना थप्देको उहाँहरु मानिहाल्नु भयो । त्यो थपिएको पानामा पनि एमसिसि सम्झौता भित्र जे लेखिएको त्यहि नै छ’ ।
ओलिको उद्घोष अबको निर्वाचनमा माधव नेपालहरू समाप्त हुन्छन्
नेकपा एमाले अध्यक्ष केपी ओलीले माधव नेपालहरू अबको निर्वाचनपछि समाप्त हुने दाबी गरेका छन् । ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेस माओवादीलाई भोट नहाल्ने समेत दाबी गरेका छन्। उनले सत्तारूढ दलहरूले चेताइसकेका हुनाले युवाहरूले पनि भोट नदिने दाबी गरे।
पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले भने ‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही। अहिले चौथो पार्टी हो एमाले संसदमारु संसदमा एमालेसँग ९८ सिट छ।
अरूको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसीदिएको जुँगामा ताउ लाउँछ,’ ओलीले भने, ‘त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, यो गठबन्धन केही होइन। बुढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइनरु कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ, लाग्नुस् तपाईंहरू।’
अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि निर्देशन दिए।
सत्तारुढ गठबन्धन केही नभएको दाबी गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरूलाई भोक हराम, निदहराम बनाउनुपर्ने बताए।
अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मतबाट हराउने उनले बताए।
‘अब हामीले निर्वाचनको प्रतिक्षा गर्नुछ। निर्वाचनमा विजय हासिल गर्नुछ। हामीले यस निर्वाचनबाट पछिल्लो प्रादेशिक र संसदीय निर्वाचनहरूको झलक दिनुछ, ताकि यिनीहरूको मनमा अहिलेदेखि ढ्याङ्ग्रो ठोकियोस्,’ उनले भने।
अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब हट्नु नपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए।

