नेकपा माओवादी केन्द्रका नेतारकार्यकर्ताको तिव्र दवावको कारण गायक प्रकाश सपुतको चर्चितच गीत ‘पीर’ मा समावेश गरिएको यौ’न ब्यवसायको दृष्य हटाईएको छ।
केही दिनअघि मात्रै सार्वजनिक उनको गीतमा माओवादी जनयु’द्धमा सहभागी महिलाले बाध्यत्मक अवस्थामा यौन व्यवसाय गरेको आशय देखिने दृश्य समावेश गरिएको थियो ।
उक्त गीतको त्यो दृष्य हटाएर शनिवार अर्को भिडियो अपलोड गरिएको छ। जसमा पुरानो भिडियोमा रहेको यौ’न व्यवसाय झल्किने दृश्य हटाइएको छ ।
यौ’न ब्यवसायको दृष्यलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले सपुतलाई धम्कीपुर्ण चेतावनी दिएका थिए। माओवादीका केहि भ्रातृ संगठनहरुले विज्ञप्ति नै जारी गरेर जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए ।
गायक सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिदै आएका थिए। माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् ।
उनले लेखका छन् ः
सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा गल्बन्दि , १५ दिनमा कुराबुझ्नपर्छ र ७ दिनमा पिर करोड़ पटक हेरिएको छ । हाम्रो प्रयासको ईतिहास र तपाईको प्रेमको ईतिहास निरन्तर दोहोरीएको छ ।
एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक संगित बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु ।
यदपी तपाईको अमुल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन । कहिले काहि त लाग्छ – भयो अब १ पुग्यो । क्ष्mु मयलभ १
खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुहरसमुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ। सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ ।
यदपी सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने रु यो बहस हुन जरुरी छ । भैईरहोस । जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो ।
अनअफिशियल रुपमा त पुरानो भिडियो सेभ होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ९नगर्न अनुरोध० तर लाखौ सब्सक्राईब भएको एबपबकज क्बउगत यााष्अष्ब िथ्यगतगदभ मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो ।
त्यसैले कुनै दबाब÷ प्रभाव ले नभएर यो बिचमा आएका तपाईको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव १ लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि– अपलोड गरिएको छ ।
साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको, एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु । केहि दृष्यमाथीको आलोचना,
व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु तर गित र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन १ आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु।।।।’
पिर ९रि– अपलोड० मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनितिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद १

