सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०संसदीय दल कर्णाली प्रदेशको बैठकले एक सांसदलाई पार्टीबाट निष्कासन गरेको छ । सांसद ठम्मरबहादुर विष्टले दलको विधान विपरित अभिव्यक्ति र गतिविधि गर्दै आएको भन्दै चैत्र ३ गते बसेको प्रदेश सभाको बैठकले पार्टीबाट निष्कासित गरको जनाइएको छ ।
विष्टले पार्टीको विधान विपरितका अभिव्यक्ति निरन्तर दिँदै आएको र प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको विषयमा छलफल गर्न प्रदेशको बैठक बसेको कारवाही गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशिल हुन उनलाई निर्देशन दिएको तर विष्टले अवज्ञा गरेको बताइएको छ ।
माओवादीबाट निर्वाचित सांसद विष्ट एमाले प्रवेश गर्दै
नेकपा माओवादी केन्द्र बाट कर्णाली प्रदेश सभामा प्रमुख सचेतक रहेका ठम्मरबहादुर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । एमाले कर्णाली प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सांसद विष्ट दलबलसहित एमालेमा प्रवेश गर्दैछन् ।
उनि सुर्खेतका जनाधार भएका नेता हुन् । विष्टसहित दर्जनौ नेता कार्यकर्ताहरु पनि एमाले प्रवेश गर्दैछन् ।
अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट पारित गर्न माओवादी केन्द्र सहमत भएपछी असन्तुष्ट रहेका विष्टले गत शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्र त्यागेको घोषणा गरेका थिए । उनले सांसद र प्रमुख सचेतकबाट समेत राजीनामा दिएका थिए ।
विष्टलाई आज एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

