पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्षले हिजो सामाजिक सञ्जालमा पत्याउनै नसकिने फोहोरी शब्द लेखेका छन् । बुद्ध एअरको विमान चढेर हिजो काठमाडौंबाट पोखरा पुगेका थापा कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको प्रमुख अतिथि थिए ।
सावधानी नअपनाउँदा सामाजिक सञ्जालबाट धेरैको आलोचना हुने गरेको छ । थापा पनि हिजो असावधानीवश लेखिएको एउटा स्टाटसका कारण आआलोचित भएका छन् ।
आफैंले उद्घाटन गरेको अगुवा कार्यकर्ता कार्यक्रमलाई उनले ‘हगुवा कार्यकर्ता’ भनेपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेता तथा कार्यकर्ताले रहस्य खोलेका छन् ।
राप्रपाका एक जना पदाधिकारीले भने, ‘यसबाट उनले मोबाइलमा यस्तै फोहोरी शब्द लेखेर मेसेज आदानप्रदान गर्दा रहेछन् भन्ने थाहा हुन्छ । त्यसैले स्टाटस लेख्दा पहिले पहिले लेखिएका शब्दको पहिलो वा दोस्रो अक्षर थिचेपछि पुरानो शब्द मोबाइलको स्क्रिनमा देखियो ।
उनले त्यहि लेखे र पोष्ट गरिदिए, पत्तै पाएनन् ।’

