तत्कालीन नेकपा माओवादीले दस वर्षसम्म सञ्चालन गरेको सश’स्त्र यु’द्धमा १२ वर्षकै उमेरमा होमिएका योद्धा हुन्– लेलिन विष्ट। तर शान्ति सम्झौतापछि सेना समायोजनका बेला उनीसहित थुप्रै बाल लडा’कु अयोग्य भए, बहिर्गमनमा परे।
हाल उनी बहि’र्गमित ज’नमुक्ति सेना, नेपालका अध्यक्ष छन्। माओवादी नेतृत्वले आफूहरूलाई अलपत्र पारेको आरोप लगाउने उनी अब समूहसहित नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन्।
यसका लागि एक डेढ वर्षदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको र अब केही दिनभित्र सहमतिमा पुग्ने सम्भावना रहेको उनले बताएका छन्।
अब माओवादी कहिले छाड्नुहुन्छ?
म एक दुई दिनमा राजीनामा दिन्छु।
तपाईं एमालेमा प्रवेश गर्न लागेको कुरा सत्य हो ?
छलफल भइराछ। छलफल भएपछि सत्य नै भन्नुपर्यो नि। एउटा दुइटा मु’द्दाका विषयमा फाइनल भइसक्या छैन। यु’द्ध अपरा’धको मु’द्दा हामीले हाल्ने भन्ने कुरा हो, उहाँहरूबाट ग्रिन सिग्नल आएको छ। यु’द्ध अपराधीहरूलाई उन्मुक्ति नहुने हिसाबको कामहरू गरिन्छ भने अगाडि बढ्ने भन्ने कुरा हो।
क्रान्ति भनेर मात्र त नहुँदोरहेछ, देखियो नि। मान्छे यत्रो पीडामा छ, नेताहरूचाहिँ आफ्नै परिवार व्यवस्थापनतिर मात्र लाग्ने। आफ्नो राजनीति मात्र सुरक्षित गर्नतिर लाग्ने, धेरैको आरोप छ, देशको लिडर हुनुभाछ, त्यतातिर चाहिँ ध्यान छैन।
दसौं वर्ष भइसक्यो शान्ति प्रक्रियामा आएको पनि। १५औं वर्ष भइसक्यो, सधैं सत्तामा हुनुहुन्छ उहाँहरू ९माओवादी नेतृत्व० सधैंभरि जनतालाई झुक्याउने, कार्यकर्तालाई झुक्याउने, जहिले झुक्याउने काम मात्र भयो।
त्योभन्दा त बरु स्पष्ट एमाले राम्रो कम्युनिस्ट भए पनि नभए पनि पुरानो पार्टी हो, व्यवस्थापनका हिसाबले, मु’द्दा सम्बोधनका हिसाबले, नयाँ जोगीभन्दा पुरानै जोगी ठीक भन्याजस्तो।
उनीहरू ९एमाले० स्पष्ट छन्, प्रचण्डहरू चाहिँ झुक्याएर काम गर्छन्, एमसीसीमै देखियो नि त। बाहिर पारित गर्नु हुँदैन भनेर सडकमा मान्छेको टाउको फुटाउन लाउने, अनि भित्र गएरचाहिँ ए यो त उत्कृष्ट रहेछ भनेर हस्ताक्षर गर्न लगाउने१ यस्ता धेरैवटा मु’द्दा छन्, नेता कार्यकर्तालाई एउटा भन्ने, बाहिर एउटा भन्ने, भित्र अर्को गर्ने।
हामीले त्यत्रो योगदान गरेको केही व्यक्तिका परिवार बनाउन मात्र हो र? यस्तो प्रश्नहरू सधैंभरि मनमा आइरहेपछि, उत्तर आफूले आफैंलाई दिन नसकेपछि विकल्प खोज्नुपर्यो। परिवर्तनका लागि लड्न त ल’डियो।
त्यो लडाइँ प्रचण्डले मात्रै लडेका त होइनन्रु त्यहाँ त अरु अरु नेता पनि थिए, प्रचण्ड जहाँ जहाँ बस्छन् त्यो क्रान्तिकारी धार हुने, अरु नहुने भन्ने त होइन नि१
एमालेको एजेन्डा पनि स्पष्ट छन्। कम्युनिस्टको खोल ओढेर धेरै क्रान्तिकारी पनि नदेखिने। जे हो स्पष्ट भनेकै छन्। तर यहाँ अस्पष्ट बनाएर जनता झुक्याउने काम भयो। क्रान्तिको नारा बेचेर खाने काम भयो।

