होलीको दिन ४ चैतमा मोरङको लेटाङमा भएको घटनाले एक प्रहरी जवानको अनाह’कमा ज्या’न गएको छ । होलीको दिनमा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले आफैंले पढाउने छात्रालाई उनको घरमा गएर दुव्य’र्वहार गरेको घटनाले उग्र रुप मात्रै लिएन, अना’हकमा प्रहरी जवानको ज्या’नै गयो ।’
होलीको विवादले उग्र रुप लिएपछि २०७६ साउन ६ सेवा प्रवेश गरेकी खोटाङकी उर्मिला श्रेष्ठको ज्या’न गएको हो । शिक्षकले दुव्र्यवहार गरेपछि स्थानीय आ’क्रोशित हुँदै जाँदा तना’वको स्थिति सिर्जना भएको थियो । यही तनावलाई साम्य बनाउन पुगेको प्रहरीसँग स्थानीय झड’पमा उत्रिएपछि यो दुखद् घटना घटेको हो ।
स्थिति तनावपूर्ण हुने देखिएपछि विराटनगर रानीस्थित सशस्त्र प्रहरी गणको प्रदेश १ मुख्यालयमा दरबन्दी रहेकी उर्मिला पनि अन्य सुरक्षाकर्मीसँगै लेटाङतर्फ गएकी थिइन् । तर स्थितिलाई साम्य बनाउन गएको टोलीमाथि नै स्थानीय जा’इलागे ।
कारण थियो प्रहरीले शिक्षकलाई जोगाउन खोजेको भन्ने । तर शिक्षकमाथि आक्रमण हुन खोजेपछि प्रहरीले स्थतिलाइ नियन्त्रणमा लिन खोजेको थियो ।
प्रहरीले ‘यौन दुव्यर्व’हार गरेका भनेका शिक्षकलाई प’क्राउ पनि गरिसकेको थियो । तर स्थानीय साम्य भएनन् । बरु उल्टै प्रहरीमाथि सन्देह उत्पन्न गर्न थाले जसले स्थितिलाई झन् त’नावग्रस्त बनाइदियो ।
दिउसो नै स्थितिले तना’वको रुप लिने देखिए पनि प्रहरीले रो’केको थियो । तर, साँझ भएपछि स्थानीय झन् उ’ग्र बन्न पुगे । जसले राति ९ बजेससम्म झडपले उ’ग्र रुप लियो । यही झडप’का बीच स्थानीयको धारिलो हतियार प्रहा’रबाट उर्मिलाको ज्या’न गएको प्रहरीले जनाएको छ ।
उनको घाँटीमा ग’हिरो चो’ट लागेको थियो । यही चोटले अस्पताल पुर्याउन नपाउँदै उर्मिलाको ज्या’न गयो । घटनामा ३० जना प्रहरी र केही आ’न्दोलनकारी पनि घा’इते भएका छन् । आइतबार रातिको घटनापछि सो क्षेत्रमा निषेधाज्ञा नै जारी गरिएको छ । सात कक्षामा पढ्ने छात्रालाई दु’व्र्यवहार गरेको आरो’प लागेका शिक्षकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।
प्रहरी जवान उर्मिलाको जन्म २०५२ कात्तिक १४ मा खोटाङ बरहापोखरीमा भएको थियो । पढाइमासमेत तेज रहेकी उनी लोकसेवामार्फत सरकारी सेवामा प्रवेश गर्न चाहन्थिन् । तर लोकसेवाको केही प्रयास असफल भएपछि उनी २०७६ साउन १ गते प्रहरी सेवामा लागिन् । उनले उदयपुरको जनता क्याम्पसबाट बिबिएस गरेकी थिइन् ।
उनका पति पनि प्रहरी सेवामै छन् । उनका पति नविन श्रेष्ठ इलाममा कार्यरत छन् । नविन उदयरपुरका हुन् । गत वर्षको १९ वैशाखमा विवाह बन्धनमा बाँधिएका उनीहरु एकै ठाउँमा बसेर जागिर खाने व्यवस्था मिलाउन नपाउँदै छुट्टिनुपरेको छ ।

