संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल संवाद हुने भएको छ। आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे उनीहरुबीच छलफल हुन लागेको हो।
उक्त भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुने ओडीसी इन्टरटेनमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ।
सो अवसरमा सलमानले नेपाली सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ पनि दिनेछन्। ओडीसीले नै यसअघि सलमानलाई नेपाल ल्याउन तयारी गरेपनि विवादका कारण कार्यक्रम रोकिएको थियो।
चुनावी तालमेल हुनसक्छ, वाम एकता हुँदैन स् ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचन तालमेल हुनसक्ने भएपनि वाम एकता वा गठबन्धन सम्भव नभएको बताएका छन् ।
सोमबार बसेको पोलिटब्यूरो बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ओली वाम गठबन्धन हुन नसक्ने बताएका हुन् । बैठकमा एमाले नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेपछि ओलीले त्यसको जवाफ दिएका हुन् ।
उनले भने, ‘स्थानीय निर्वाचनमा आवश्यकताअनुसार जुनसुकै दलसँग पनि तालमेल हुन सक्छ तर वाम गठबन्धन हुँदैन ।’ यसअघि नेता भुषालले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्ने बताएका थिए ।
बैठकमा सहभागी नेता शेरबहादुर तामाङका अनुसार नेता भुषालको प्रस्तावमा ओलीले गठबन्धन भनेर वाम पार्टीसँग मात्र नहुने बताए ।
बैठकमा भुसालले वाम एकतामा जोड दिँदा तीन वटा पार्टी विभाजन हुनुको कुनै सैद्धान्तिक आधार नरहेको र आसन्न निर्वाचनमा वामपन्थीको जितलाई सुनिश्चित गर्न पनि एकता आवश्यक भएको उल्लेख गरेका थिए ।
नेता भेषालको प्रस्तावपछि बोलेका नेता महेश बस्नेतले भने विगतमा वाम एकता गरेर पछुताउनुपर्ने अवस्था आइसकेकाले त्यतातिर लाग्न नहुने बताएका थिए ।

