नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले राजीनामा दिएका छन् । बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न एसएसपी साहले राजीनामा दिएका हुन् ।
प्रहरी प्रधान कार्यालयका स्रोतका अनुसार गत फागुन १० गते शाहले दिएको राजीनामा स्वीकृत भइसकेको छ । डीआईजीमा बढुवा नहुने देखेपछि उनले राजीनामा दिएको बताएका छन् ।
राजीनामा दिएर गृह जिल्ला धनुषा पुगेका शाह संघीय प्रहरी कार्यालय धरानमा कार्यरत थिए । उनी नेपाली कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन् ।
२०७७ पुसमा एसएसपीमा बढुवा भएका उनले २०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका हुन् । उनको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् ।