कलाकार पल शाह छुट्ने सम्भावना घटेको छ । नाबालिग गायिकालाई ब’लात्कार गरी उ’जुर नगर्न पटकपटक प्रयाससमेत गरेको जिकिर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा मु’द्दा दायर गरेको छ।
शाहलाई ब’लात्कार गरेको अभि’योग र उनका म्यानेजर कृष्ण जोशीलाई बलात्का’रका मति’यार भएको अभि योग सरकारले लगाएको छ।
उनीहरू म्युजिक भिडिओ सुटिङका दौरान गत वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बास बसेका थिए। सोही रात शाहले नाबालिग गायिकालाई बला’त्का’र गरेको अभियो’गपत्रमा उल्लेख छ।
बला’त्कारमा पर्ने बेला गायिका १५ वर्ष ९ महिनाकी मात्र भएकाले शाहलाई १२ देखि १४ वर्षसम्मको कै’द सजाय हुनुपर्ने माग सरकारी वकिल कार्यालयले माग गरेको छ। १४ देखि १६ वर्षसम्मका नाबा’लिगलाई ब’लात्कार गरे १२ देखि १४ सम्मको कै’द हुने मु’लुकी फौ’जदारी संहिताले गरेको छ। मति’यारका रूपमा पेस गरिएका जोशीलाई भने शाहलाई हुने स’जायको आधासम्म कै’द स’जाय गर्न माग गरिएको छ।
मुद्दा दायरसँगै अदालतले मंगलबार नै शाहको बयान लिएको छ। जोशीसँग भने बुधबार बयान लिने अदालतको तयारी छ।
तनहुँ प्रहरीका अनुसन्धान अधिकृतलाई दिएको बयानमा शाहले ब’लात्कार अस्वी’कार गरेका छन्। उनले मध्यरात ना’बालिग गायिका सुतेको कोठामा गएर आफूले खाएर बाँकी रहेको बियर दिएर फेसवास लिएर फर्किएको बयान दिएका छन्।
‘राती अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदानप्रदान गर्दै अन्दाजी ११ः४५ बजेतिर हामीले खाएर बाँकी रहेको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी निजलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ,’ शाहले बयानमा भनेका छन्।
प्रहरीले लिएको बयानमा गायक खत्रीले भने आफू पहिल्यै सुत्न गएको र शाह कति बेला आफू सुतेको कोठामा आएर सुते भन्ने थाहा नभएको बताएका छन्।
शाहले गायिका १८ वर्षभन्दा कम उमेरको रहेको कुरा आफूलाई पूर्ण रूपमा जानकारी भएको बताएको पनि अभियो’गपत्रमा उल्लेख छ।
नाबालिगले गत जेठ अन्तिममा फोन गरेर आफ्नो महिना’वारी रोकिएको बताएको पलले बयानमा भनेका छन्। त्यसपछि घटना मिलाउन असारमा पीडित, उनकी आमा, गायक दुर्गेश थापा, सरोज ओली, योगेश काजी र शाहका म्यानेजर जोशी बसेर छलफल गरी विवाह गर्ने सहमति भएको समेत शाहले बयानमा बताएका छन्।
‘तपाईं र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नु पर्छ भन्ने शब्दहरू म्यासेजमा मलाई पठाएकी थिइन्,’ शाहले बयानमा भनेका छन्, ‘पी\डित पक्षले मलाई विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले उमेर पुगेको छैन भनेको थिएँ।’
बला’त्कार अस्वीकार गरेका पलले गर्लफ्रेन्ड–ब्याइफ्रेन्डबीच हुनु भनेको नर्मल हो भन्ने सार्वजनिक अडिओ रेकर्ड आफ्नो भएको स्वीकारेका छन्। प्रहरीले लिएको बयानका क्रममा शाहले ब’लात्कार घटना कानुनी उपचारमा जान नदिन आर्थिक प्रलोभनदेखि ज्या’न लिने धम्की’सम्म दिएको उल्लेख छ। शाहका तर्फबाट म्यानेजर जोशीले उक्त भूमिका खेलेको बयानमा बताएका छन्।

