गत शुक्रबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली–काठमाडौं उडानबाट मोदी थर भएका एक जना काठमाडौंमा उत्रिएका छन् । सुशीलकुमार मोदी नाम गरेका उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाइ भनिएको छ ।
विमानस्थलदेखि होटलसम्म उनको आउजाउमा देखाइएको सुरक्षा र कूटनीतिक सक्रियताले उनी ठूलै ओहोदा वा जिम्मेवारीमा रहेको भान पारेको छ । उनी काठमाडौंको कुन होटलमा बसेका छन् र कुन कार्यक्रममा सहभागी भएका छन् भन्नेबारे कुनै पनि सरकारी निकाय बेखबर देखिन्छन् ।
उनलाई धेरैले प्रधानमन्त्री मोदीको भाइ भएकाले विशेष जिम्मेवारी लिएर अहिलेको अवस्थामा नेपाल आएको अनुमान गरेका हुन् । तर, मोदी परिवारको विवरणमा सुशीलकुमार नाम गरेका कुनै पनि व्यक्ति प्रधानमन्त्री मोदीको आफ्नै परिवारभित्र नरहेको तथ्य फेला परेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आफूबाहेक चार जना दाजुभाइ र एउटी बहिनी छन् ।
सोमा मोदी उनका जेठा दाजु हुन् जो ७५ वर्षभन्दा बढी उमेरका भइसके । स्वास्थ्य विभागमा काम गर्थे, अहिले सेवानिवृत्त भइसकेका छन् । अर्का साईंला भाइ अमृत मोदी हुन्, जो पेशाले लेथ मेशिन चलाउँछन् ।
काईंला भाइ प्रल्हाद मोदी गुजरातको राजधानी अहमदावादमा पसल सञ्चालन गरेर बसेका छन् । कान्छा भा पंकज गान्धीनगरस्थित सञ्चार विभागमा क्लर्कको काम गर्छन् ।
उनकी एक मात्र बहिनी छन् जसको नाम वसतीवेन हसमुखलाई मोदी हो । सुशीलले नेपाल बस्दा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइरालासहित माओवादी अध्यक्ष प्रचण्डलाई भेटेको बताइन्छ । जनआस्था ।

