मंगलबार अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गरिन्। उनको पार्टी प्रवेशलाई सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्।
कलाकार दीपकराज गिरीले करिश्माको पार्टी प्रवेशपछि सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्यात्मक स्टाटस लेखेका हुन्। विशेष गरेर निर्वाचनको मुखैमा आएर कलाकारको पार्टी प्रवेशलाई लिएर उनले व्यङ्ग गरेका हुन्।
गिरीले लेखेका छन् ‘चुनाव आयो । हाम्रा कलाकार साथीहरु बिस्तारै पार्टी प्रबेश गर्दै हुनुहुन्छ। त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ। तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’
पार्टी प्रवेशका नाममा हरेक चुनावी प्रचारमा कलाकार प्रयोग हुँदै आएको प्रति गिरीले कटाक्ष गरेका हुन्।
अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमाले प्रवेश
अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
मानन्धरसँगै समाजवादी जनता पार्टी ९सजपा०का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् ।
नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए । सजपा अध्यक्ष सिंह यसअघि एमालेमै आबद्ध थिए ।
अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय रहेकी थिइन् ।

