नाबालिगलाई जब ]र्जस्ती करणी गरेको अ’भियोगमा कलाकार पल शाह (पूर्णविक्रम शाह) विरु/द्ध जिल्ला अदालतमा दायर मु-द्दामा बुधबार थुनछेक बहस सुरु भएको छ । अदालतमा शाहको बयान सकिएपछि थुनछेक बहस सुरु गरिएको हो ।
प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै मंगलबारै दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो । बुधबार वादीका तर्फबाट ७ कानुन व्यवसायीले बहस गरेको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।
जिल्ला न्यायाधिवक्ता रामचन्द्र पौडेल, अधिवक्ताहरू राधिका खतिवडा, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले वादीका तर्फबाट बहस गरेका हुन् ।
कुँवरका अनुसार प्रतिवादीका तर्फबाट अधिवक्ताहरू परशुराम गिरी, भानुभक्त सुवेदी र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बहस गरेकामा वाग्लेको बहस टुंगिएको छैन । उनको बहस बिहीबार पनि जारी रहनेछ ।
सरकारी वकिलको कार्यालय तनहुँले जाहेरवाला परिवर्तित नाम ०७८र७९ त कुमार, पीडित परिवर्तित नाम ०७८र७९ व्यास १२, पक्रा’उ परेका प्रतिवादी शाह र कृष्ण जोशी तथा देख्नेरसुन्नेमा स–कुमारी, प्रदीप थापा, गंगा थापा, जीवन चौलागाईं, दुर्गाबहादुर थापा, कमल खत्री, अर्जुन थापा, क्षेत्रबहादुर थापा, विष्णु थापा, सरोज ओली, योगेश शाह, रञ्जत गुरुङ, दुर्गा अधिकारी, पानबहादुर जीसी, विष्णुप्रसाद अधिकारी र सीता आचार्यको बयान कागज गरी अदालतमा पेस गरेको छ ।
सरकारी वकिलको कार्यालयले शाहविरुद्ध जबर्ज’स्ती क’णी मुद्दा’मा ११७ वटा प्रमाण पेस गरेको छ । अदालतमा २ जना गवाह र १६ साक्षी ९देख्ने सुन्ने० सहित शाहको वास्तविक
नाम भएको गोप्य बन्दी खाम, पीडितले दिएको बयानको अडियो, भिडियोको डीभीडी, पीडितको स्वास्थ्य जाँच, शाहको स्वास्थ्य जाँच, घटनाको मुचुल्का, घटनाको प्रारम्भिक प्रतिवेदन, प्रतिवादीको फोटो फ्रिन्ट, सीडीआर विवरण, पत्रपत्रिकामा आएका खबरको प्रिन्ट कपी, पूर्णविक्रम शाहको लाइसेन्सको फोटोकपीसमेत पेस गरिएको हो ।
८ पानाको पल शाहको स्वास्थ्य परीक्षण, दुर्गेश भन्ने दुर्गाबहादुर थापाको ८ पानाको बयान, जीवन चौलागाईंको ४ पानाको बयान, प्रहरी प्रधान कार्यालयबाट डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट,
सरोज वली भन्ने पुण्यप्रसाद ओलीको घटना विवरण, फेसबुक परीक्षणलाई लेखेको पत्र, इलाका प्रहरी कार्यालय गैंडाकोटको पत्र, मालपोत कार्यालय कलंकीको पत्रलगायतका प्रमाण पनि अदालतमा पेस गरिएको छ । गवाहमा स्वयं पीडित बालिका र अर्को एक परिवर्तित नाम पठाइएको छ ।

